प्रकाशित मिति : बुधबार, माघ ९, २०७५
टोकियो-जापानको युकिमा आगोले जलेर नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमाल रहेकी छन् ।गत डिसेम्बर १० तारिखका दिन काम गर्ने ठाउँमा केमिकल सरसफाइका क्रममा कोठा तातो बनाउन जलाइएको हिटरबाट आगो सल्किदा उनी गम्भिर घाईते भएकी थिईन।आगलागीबाट उनको शरिरको अधिकांश भाग जलेको थियो ।
उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको थियो । तर जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनको मृत्यु भएको हो ।आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेकी साबित्रीका दुई सन्तान नेपालमै रहेका छन् ।मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनको दाह संस्कार जापाननै गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij