मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

५० हजार घुस लिदालिदै जिल्ला मालपोतका खरिदार नियन्त्रण

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • मधु पौडेल , बाँके । जिल्ला मालपोत कार्यालय बाँकेका एक कर्मचारीलाई ५० हजार घुस लिदालिदै अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलीले मालपोत कार्यालयबाट सेवाग्राहीबाट घुस लिदालिदै रंङ्गेहात नियन्त्रणमा लिएको हो ।

    मंगलबार मालपोत कार्यलयका खरिदार सञ्जयकुमार ठाकुरका साथबाट सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले सेवाग्राहीबाट लिएको रकमसहित ठाकुरलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए ।

    पक्राउ परेका ठाकुरलाई अख्तियारले हिरासतमा राखेर थप अनुसन्धान गइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij