मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बोक्सी आरोपमा हत्या

  • प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५



  • धादिङ — बोक्सी आरोपमा एक युवकले काकी नाता पर्नेको हत्या गरेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेका १६ वर्षीय युवक सुमन आलेमगरले सोही ठाउँकी २५ वर्षीया मनिताको हत्या गरेका हुन् ।
    अभियुक्त सुमनकी आमा लामो समयदेखि बिरामी थिइन् । मनिताले बोक्सीको टुनामुना लगाएको भन्दै दुई परिवारबीच झगडा हुने गरेको स्थानीयले बताए ।

    मंगलबार बिहान ८ बजे घाँस काट्न निस्किएको केहीबेरमा आलेले खुकुरीले हानेर मनिताको हत्या गरेका थिए । उनको गर्धनमा खुकुरी प्रहार गरिएकाले घटनास्थलमैमृत्यु भएको थियो ।

    हत्यापछि फरार भएका आलेमगरलाई प्रहरीले राति घरबाटै पक्राउ गरेको छ । नजिकको जंगलमा दिनभर लुकेर राति घर आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij