मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कसरी छोप्ने मेकअपले दाग ?

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • कतिपयको अनुहार, गर्धनलगायत स्थानमा गहिरो दाग हुन्छ । युवतीहरू सौन्दर्यमा घात पु-याउने यस्ता दागबाट हैरान हुन्छन् । जोकसैको नजरमा यस्तो दाग झट्ट पर्दा अरू सबै सौन्दर्य ओझेलमा पर्न जान्छ । स्थायी रूपमा हटाउन नसकिने यस्ता पुराना दाग, चोट लुकाउन के गर्ने ? ब्युटिसियन शारदा थापा क्षेत्री मेकअपबाट यस्ता दाग छोप्न सकिने बताउँछिन् । उनले मेकअप टिप्स दिएकी छिन् :

    जहाँ पुरानो घाउको दाग या चोट छ त्यहाँ राम्रोसँग सफा हुने गरी अनुहार धुनुहोस् । दागमा रहेको तेल, फोहोर र धुलो हटाउनुहोस् । यसका लागि फेसवासको प्रयोग गर्न सक्नुहुन्छ ।

    दाग भएको एरियामा राम्रोसँग लाग्ने गरी मोस्चराइजर गर्नुहोस्, जसले गर्दा यो स्थानमा मेकअप राम्रोसँग बस्न सकोस् ।

    दाग भएको एरियामा थोरै प्राइमर लगाउनुहोस् । प्राइमरले मेकअपलाई दिनभर टिकाउन तथा छालालाई चम्किलो राख्न भूमिका खेल्छ ।

    प्राइमरपछि पेनस्टिक लगाउनुहोस् । पेनस्टिकले दागलाई राम्रोसँग पुर्ने काम गर्छ । दाग पुरिसकेपछि फिनिसिङको काम आउँछ ।

    पेनकेक लगाउनुहोस् । यसले दाग भएको स्थानमा प्लास्टरको काम गर्छ । दाग भएको स्थानको छालालाई अन्य छालासँग सेटिङ मिलाउँछ । खाल्डो परेको दागलाई कभरअप गर्छ ।

    अब बिबी क्रिम लगाउनुहोस् । फाउन्डेसन पनि लगाउन सक्नुहुन्छ । तर, बिबी क्रिम नै अहिले चल्तीमा छ । यसले प्राकृतिक फिनिसिङ पनि दिने गर्छ । तर, वाटरप्रुफ बिबी क्रिम लगाउनुहोला ।

    कन्सिलरको एक मोटो पत्र दाग भएको भागमा लगाउनुहोस् । कन्सिलरलाई राम्रोसँग ब्रसका माध्यमबाट ब्लेड गर्नुहोस् । यसले दाग छोप्छ । यति गर्दा पनि दाग देखिएमा यो स्टेपलाई अर्कोपटक दोहो-याउनुहोस् ।

    मेकअपलाई सेट गर्न कम्प्याक्ट पाउडर लगाउनुहोस् । मेकअप धेरै भएको महसुस भए ब्रसले सफा गर्नुहोस् । अब दाग छोपिएर अनुहार आकर्षक देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij