मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राती अबेर खाना खानुहुन्छ ? यस्तो समस्या भोग्नुपर्छ

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • खाना कस्तो खाने ? स्वास्थ्यको सवालमा यस्तो प्रश्न स्वभाविक रुपमा उठिरहेका हुन्छन् । शरीरलाई आवश्यक सवै पोषक तत्व भएको खानेकुरा खानुपर्छ भनिन्छ । खाना सुपाच्य, स्वस्थ्य हुनुपर्छ । तर, सन्तुलित, स्वस्थ्य खाना खाएर मात्र पुग्दैन । खाने समय पनि निश्चित तालिका अनुरुप हुनुपर्छ । स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो भन्ने कुराले जति महत्व राख्छ, उत्तिनै कुनबेला खाने भन्ने कुराले पनि महत्व राख्छ ।

    अक्सर हामी राती अबेर खाना खान्छौ । राती लामो समयसम्म काम गर्नुपर्ने अवस्थामा हाम्रो खानपानको तालिका विग्रन्छ । तर, राती अबेर खाना खाँदा स्वास्थ्यलाई अनेकन हानी पुग्छ ।

    फुड एन्ड न्युटि्रशन विज्ञहरुका अनुसार रातीको खाना खाने र सुत्ने समयवीच ३ घण्टाको ग्याप हुनुपर्छ । खाना खानसाथ तुरुन्त सुत्दा शरीरले ठूलो भार व्यहोर्नुपर्छ ।

    १. दिनहुँ राती अबेर खाना खाँदा शरीरमा कोलोस्टोर बढ्छ । यसले हृदय रोगको खतरा बढाउँछ ।

    २. राती अबेर खाना खाँदा राम्ररी निन्द्रा पुग्दैन । यसले आफ्नो कार्य क्षमता घटाउँछ साथै तनाव पनि बढाउँछ ।

    ३. नियमित जसो राती अबेर खाना खाने बानीले उच्च रक्तचाप निम्त्याउन सक्छ ।

    ४. राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुन्छ ।

    ५. राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसले ब्लड शुगर लेबल बढाउँछ । र, मधुमेह निम्त्याउन सक्छ ।

    ६. राती अबेर खना खाँदा खाना राम्ररी पच्न पाउँदैन । यसले गर्दा अपचको समस्या हुनसक्छ ।

    ७. राती खाना खाएर तुरुन्तै सुत्दा खाना फुड पाइमा आउँछ । यसले गर्दा निन्द्रा नलाग्न सक्छ ।

    खासगरी राती ८ बजेपछि खाना खानु स्वास्थ्यका लागि अनुकुल हुँदैन । जति राती खाना खाइन्छ, सुत्ने र खाना खाने समयको अन्तर उत्तिनै कम हुन्छ । यसले गर्दा हामीले खाएको खाना राम्ररी पच्न पाउँदैन । खाना खाए लगत्तै सुत्दा पाचन यन्त्रलाई असर गर्छ । खाना पच्दैन र अतिरिक्त बोसोमा बदलिन्छ । यसले शरीरमा अनेक किसिमका गंभिर समस्या पनि निम्त्याउँछ ।

    खानाको समय तालिका गडबड हुँदा हाम्रो निन्द्रा पनि विथोलिन्छ । यसले कार्य क्षमता घटाउँछ, शरीर भद्दा हुन्छ, स्फूर्ति घट्छ, तनाव पैदा हुन्छ । यहि तनाव र आलस्यले मधुमेह, उच्च रक्तचाप, हृदय रोग निम्त्याउन सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij