मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाईको घरमा यी मध्ये कुनै एक चिज छ ? छ भने भाग्य चम्किन्छ

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • हिन्दुशास्त्रमा मात्र होइन चिनियाँ संस्कृतिमा पनि वास्तुशास्त्रमा विश्वास गर्ने गरिएको छ । हिन्दु धर्म शास्त्र अनुसार केही बस्तु वा चिज घरमा राख्दा फाइदा पुग्छ भने कुनै चिज घरमा राख्दा घाटा पुग्छ । चिनियाँ संस्कृति अनुसार यस्ता वस्तु घरमा भएको खण्डमा तपाइको भाग्योदय हुने छ ।

    चिनियाँ वास्तुशास्त्र फेंगशुई घरमा सुख–शान्ति कायम राख्ने उपायका लागि प्रसिद्ध छ । चीनमा फेंगशूईप्रति मानिसहरु धेरै विश्वास पनि गर्छन् ।

    घरमा शुख–शान्ति कायम राख्न फेंगशूईमा कयौं उपाय बताइएको छ । यी उपाय अपनायो भने तपाईको घरमा भएको नकरात्मक शक्तिको ठाउँमा सकारात्मक उर्जा आउँछ । फेंगशुईमा ६ चीजबारे विस्तृत रुपमा उल्लेख गरिएको छ । यी ६ चीजमध्ये एउटा पनि घरमा राख्दा तपाईले लाभ हासिल गर्न सक्नुहुन्छ ।

    यी ६ चीज यस्ता छन्ः

    लाफिङ बुद्ध आर्थिक सफलताका लागि घरमा लाफिङ बुद्ध राख्न सकिन्छ । लाफिङ बुद्धलाई घरको मुख्यद्वारको छड्केतिर राख्नुपर्छ । चिनियाँ वास्तुशास्त्र फेंगसुईअनुसार बुद्ध समृद्धिका देवता हुन् । यीनको मुस्कानबाटै घरको सुख–समृद्धि कायम हुन्छ । सावधान हुनुपर्ने कुरा के छ भने लाफिङ बुद्धको मूर्ति मुख्यद्वारको सम्मुख राख्नु हुँदैन र धेरै उचाइमा पनि राख्नु हुँदैन ।

    तीनखुट्टे भ्यागुतो फेंगसुईमा तीनखुट्टे भ्यागुतोलाई अत्यन्त भाग्यशाली मानिन्छ । मुखमा सिक्का च्यापेको तीनखुट्टे भ्यागुताको मूर्ति राख्दा घरको वातावरण सुखद् हुन्छ । यसलाई घरभित्र मुख्यद्वारको छेउछाउ राख्नुपर्छ । यसलाई भान्सा वा वाथरुमभित्र वा छेउछाउ राख्नु हुँदैन । यसो गरिए दुर्भाग्य बढ्छ ।

    तीन सिक्का घरको मुख्यद्वारमा रातो रिबनमा बाँधिएको फेंगसुईका तीन वटा सिक्का झुन्ड्याउनुपर्छ । यसबाट धन–ऐश्वर्य एवं सम्मृद्धि बढ्छ । ध्यान राख्नुपर्ने कुरा के छ भने केवल तीन सिक्का मूल ढोकाको भित्री भागमा झुन्ड्याउनुपर्छ । बाहिरी भागमा लगाइयो भने लक्ष्मी ढोकैमा अडिन्छिन् ।

    कछुवा फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ । कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन ।

    गोल्डेन फिस फेंगसुईका अनुसार घरमा गोल्डेन फिस राख्दा सौभाग्य, धन एवं मान–सम्मान वृद्धि हुन्छ । यसलाई ड्राइङ रुममा राख्नुपर्छ । गोल्डेन फिसलाई कहिल्यै बेडरुम, भान्सा वा बाथरुममा राख्नुहुँदैन ।

    पवन घन्टी हिजोआज धेरैले पवन घन्टी वा विन्ड चाइम्स राखेका हुन्छन् । फेंगसुईका अनुसार विन्ड चाइम्सबाट निस्कने सुमधुर आवाजले पूरै घरमा ची नामक सकारात्मक ऊर्जा वृद्धि पर्वाह गर्छ । यो ऊर्जाका कारण घरको सुख–समृद्धि बढ्छ । पवन घन्टीलाई घरको त्यस्तो स्थानमा राख्नुपर्छ जहाँ सदैव हावाको झोक्का आइरहोस् र पवन घन्टीको मधुर स्वर गुन्जिरहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij