मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घोराहीमा जारी पोल्ट्री महोत्सवमा रौनकता बढ्दै -भोलि आइतबार बद्री पंगिनि लगायतका कलाकार आउदै

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • दिपक वली
    माघ १२ घोराही

    सुरक्षीत कुखुरा तथा दाना ब्यबसायि समिति घोराही दाङ द्धारा घोराहीमा आयोजित प्रदेश नं ५ स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनि २०७५को आज तेस्रोे दिन रौनकता बढ्दै गएको छ ।

    कुखुरा पालन एवं बजारीकरणको बिकास परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराको साथ सुरु भएको महोत्सवको दोस्रो दिन बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुति राखेका थिए ।आज महोत्सवमा चर्चित गायिका मेलिनाले कुटुमा कुटु , दारी फुले बैसैमा लगायतका गित गाउदा दर्शकले निकै हुटिङका साथमा रमाएका थिय ।

    गाएक रोसन रत्गैँया ,मालति घले , गाएक खड्ग शर्मा , ममता चौधरी र चर्चित गायिका तथा मोडल अनि उद्धघोषिका सोनिका रोकाय लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिय । मञ्चमा चर्चित गायिका तथा मोडेल सोनिका रोकायले आफ्नो प्रस्तुति राख्दा सबै दर्शकले हुटिङ गर्दै रमाएका थिय । यस्तै चर्चित मोडेल मालति घले संग पनि दर्शक रमाएका थिय । यता शनिवार उक्त पोल्ट्री महोत्सवमा १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि सुरक्षित कुखुरा तथा दाना ब्यबसायि घोराहीका सदस्य तथा पोल्ट्री महोत्सवका प्रचार प्रशार उपसमिति संयोजक पोषण नाथ योगिले जानकारी दिनुभयो ।
    भोली आइतबार बद्रि पंगिनि लगायतका कलाकार आउने।

    यसैगरी भोलि आइतबार महोत्सवमा चर्चित लोक दोहरी गायिक बद्रि पंगिनि, गाएक कमल खत्रि ,गायिका करिश्मा ढकाल अनि गायिका सुसिला गौतम ,लोक दोहोरी गायिक पे्रम शर्मा हाँस्य कलाकार कमल गाँउले लगायतको जम्बो टिम आउने पनि प्रचार प्रशार उपसमिनि संयोजक योगिले जानकारी दिनुभयो । यहि माघ १० गते देखि सुरु भएको महोत्सव २० गते सम्म चल्ने छ । महोत्सवमा पोल्ट्री सम्बन्धि ८९ वटा स्टल रहेका छन । २ लाख दर्शकले अवलकन गर्ने महोत्सवमा २ करोडको कारोबार हुने लक्ष रहेको पनि आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij