मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सावधान! प्लास्टिकले गर्भपतन गराउन सक्छ

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • एजेन्सी– हामी अधिकांश घरायसी कामका लागि प्लास्टिकको प्रयोग गर्छौं । तर, सावधान, यस्ता प्लास्टिकमा हुने रसायनका कारण गर्भपतनको खतरा बढ्ने एक अध्ययनले देखाएको छ।

    अनुसन्धानकर्ताहरुका अनुसार प्लास्टिक र कीटनाशक विषादीमा पाइने रसायनहरुले महिला तथा पुरुषमा हर्मोनको गडबडी हुने र त्यसले बाँझोपनसमेत निम्त्याउँने खतरा रहन्छ।

    अमेरिकन सोसाइटी फर रिप्रडक्टिभ मेडिसिनमा प्रस्तुत गरिएको अनुसन्धान निष्कर्षका अनुसार गर्भवती महिलाहरुले क्यानमा राखिएका खाद्यपदार्थ र सूर्यको किरणमा राखिएका प्लास्टिक बोत्तलबाट टाढा रहनुपर्छ । तातोमा प्लास्टिकका रसायनहरु पग्लने र तिनले खतरा हुने उनीहरुको भनाई छ ।

    स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गर्भपतन भइसकेका ११४ महिलाको अध्ययन गरेका थिए । उनीहरुको रगतमा बिस्फोनेल ए नामक रसायन पाइएको थियो । सोहीकारण उनीहरुको गर्भपतन भएको निष्कर्ष वैज्ञानिकहरुले निकालेका थिए । तर, यो रसायनले किन गर्भपतन गराउँछ भन्नेबारे भने थप अध्ययन जरुरी रहेको उनीहरुको भनाई छ ।

    गर्भ रहेको समयमा हानिकारक रसायनबाट बच्ने तरिका
    – अर्गानिक खाद्यपदार्थमात्र खाने
    – ग्लास र स्टीलका भाडामा मात्र खाना राख्ने र पकाउने, प्लास्टिकको प्रयोगबाट टाढै रहने
    – सिन्थेटिक सुगन्ध भएका कस्मेटिक पदार्थ, लोसन, स्याम्पु सकेसम्म प्रयोग नगर्ने

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij