मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जीवनमा सफल हुन सँधै सम्झिनुस् यी ३ शुत्र

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • तपाइँ अरुको नजरमा राम्रो बन्न चाहनु हुन्छ भने तपाइँले धेरैकुरामा ध्यान दिनु पर्छ । तपाइँसँग ब्यवहारको ढंग छैन भने मान्छेहरुले तपाइँलाई माया होइन घृणा गर्छन् । सामान्य जीवन जिउने मानिसले भन्दा अतिरिक्त श्रम गर्न तयार हुने र मेहनती ब्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्छ ।

    जे गर्नु हुन्छ राम्रोसँग गर्नुस्ः

    जीवनमा सफल पाउने पहिलो शुत्र हो जे गरिन्छ मजाले गर्नु । कुनै पनि काममा पुरै डुवेर सो काम गर्नु नै सफलताको शुत्र हो । अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्याउने ।

    यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।

    हरेक काममा सफलताः

    अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।

    सफलताका तीन सिँढी

    – निरन्तर परिश्रम ऊर्जा कायमै – सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ – सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्

    यी तीन कुरालाई सन्तुलनमा राख्ने ब्यक्ति सँधै सफल हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij