प्रकाशित मिति : आइतवार, माघ १३, २०७५
दिपक वली
माघ १३ घोराही
कुखुरा तथा दाना ब्यबसायि घोराहि दाङको आयोजनामा यहि माघ १० देखि सुरु भएको प्रदेश नं ५ स्तरिय पोल्ट्रि महोत्सव तथा पदर्शनि २०७५ को आज चौथो दिन पनि उल्लेख्य दर्शकले महोत्सव अवलोकन गरेका छन ।कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा शुरु महोत्सवमा पोल्ट्री सम्बन्धी प्रर्दशनीमा आज विभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारले आ–आफ्नो पस्तुति राखेका थिय ।
आज महोत्सव मा चर्चित लोक तथा दोहोरि गाएक बद्रि पंगिनिले यश पालिनि आमा घरमा आउन पाईन भन्ने बोलको गित गाउदा सबै दर्शकको आखा रसाउनुको साथै सबैलाई भावुक बनाएको थियो यसै गरी गाएक पंगिनिले रातो पछ्यौरी अनि तातो पछ्यौरी ,त्रिशुलीको किनारमा लगायतका गित गाएका थिय । त्यस्तै गायिका सुसिला गौतम ,कमल खत्रि ,लोक तथा दाहोरि गायक प्रेम शर्मा लगायत का कलाकारले मञ्च ततायका थिए ।
यसैगरि पोल्ट्रि महोत्सवमा व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि भैरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताउनुभयो ।
माघ २० गतेसम्म चल्ने महोत्सवमा बाल उद्यान पनि रहेको छ भने दैनिक जसो केन्द्रीय तथा स्थानीय चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती पनि रहने उनले जानकारी दिए ।
पोल्ट्री व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा प्रवेश शूल्क ५० रुपैयाँ रहेको छ भने विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ३० रुपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपांग भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा बिभिन्न किसिमका जस्तै ह्याचरी उत्पादन ,दाना उत्पादन ,टर्कि प्रदर्शनि ,बदिया भाले कुखुरा बाट बनेका फुड आइटम ,अल्लो बाट निर्मात सामग्रि ,फलामका भाडा ,खेलौना लगायतका स्टलहरु राखिएको पनि उक्त पोल्ट्री महोत्सवका सह संयोजक चन्दन भन्डारीले जानकारी दिनुभयो । महोत्सवमा बिभिन्न खालका क्रियाकलापहरु निगरानि गर्न ठाँउठाँढमा करीव ९ वटा सिसि क्यामरा पनि जडान गरीएको प्रचार प्रशार उपसमिति संयोजक पोषण नाथ योगिलृ जानकारी दिनुभयो । महोत्सव अवधिभर करीव २ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।
भोली १४ गते सोमबार रमेशराज भट्राई लगायतका कलाकार आउने
घोराहीमा जारी पोल्ट्री महोत्सवमा भोली १४ गते सोमबार रमेसराज भट्राई लगायतका कलाकारहरु आउने भएका छन ।

भोलि हुने कार्यक्रममा गाएक रमेशराज भट्राई ,गाएक कुलेन्द्र बिक ,दिपाशा बिसि,अम्रिता लामिछाने ,उद्धघोषक शित्तल शर्मा लगायत कलाकार आउने प्रचार प्रशार उपसमिति संयोजक योगिले बताउनुभयो । साथै स्थानिय कलाकारलाई बढावा दिने गरी हुने कार्यक्रममा सम्पुर्ण स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने उँहाले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij