मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पोल्ट्री महोत्सवले दर्शक तथा किसानलाई कुखुरा पालन तालिम तथा जानकारी प्रदान ,आफ्नो उद्धेश्य पुरा गर्दै महोत्सव

  • प्रकाशित मिति : सोमवार, माघ १४, २०७५



  • दिपक वली
    माघ १४ घोराही

    कुखुरा तथा दाना ब्यबसायि घोराहि दाङको आयोजनामा यहि माघ १० देखि सुरु भएको प्रदेश नं ५ स्तरिय पोल्ट्रि महोत्सव तथा पदर्शनि २०७५ को आज पाँचौ दिन सम्म आउदा पोल्ट्री महोत्सवले आफ्नो उद्धेश्य अनुसार काम भैरहेको आयोजकले जनाएको ।

    पोल्ट्री महोत्सव तथा प्रदर्शनि मा दैनिक जसो कुखुरा पालन तथा यस सम्बन्धित सम्पुर्ण कुराहरुको जानकारी दिने गरेको छ । कुखुरा कसरी पाल्ने र यसको बिकास कसरी गर्ने भन्ने बिषयमा तालिम दिएको पनि यस प्रदेश नं ५ स्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनिका संयोजक निम बहादुर बुढाथोकिले जानकारी दिनुभयो ।

    यसैगरी भेटनरी सम्बन्धि सम्पुर्ण औषधि प्रयोगको पनि महोत्सव स्थलमा जानकारी दिने गरेको भेटनरी प्राबिधिक प्रमुख खन्जन कुमार चौधरीले बताउनुभयो । कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीस्थित कृषि समाग्री कम्पनीको प्रांगनमा शुरु महोत्सवमा पोल्ट्री सम्बन्धी प्रर्दशनीमा आज विभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारले आ–आफ्नो पस्तुति राखेका थिय ।

    मुख्य प्रयोजक डल्फिन पेलेट दाना उद्योग रहेको उक्त प्रदेश नं ५ स्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनिमा आज चर्चित गाएक रमेशराज भट्राईले बेहुला बनाउछु भन्थि बहुला बनायर गै भन्ने बोलको गित गाउदा दर्शकले हुटिङका साथ वन्स मोर दिइरहेका थिय भने चर्चित लोक दोहोरी गाएक कुलेन्द्र बिकले पनि बिभिन्न प्रस्तुति राखेर दर्शकहरुलाई मनोरन्जन दिनुभएको थियो । आज कार्यक्रममा लोक तथादोहोरी गित प्रतिष्ठान दाङकि पुर्व अध्यक्ष देबकला बस्नेत , गायिका अम्रिता लामिछाने लगायत स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुति राख्नुभएके थियो भने कार्यक्रम चर्चित उद्धघोषिका शित्तल शर्माले गनुभएको थियो । यसैगरि पोल्ट्रि महोत्सवमा व्यवसायमा सम्बन्धित सचेतनामूलक कार्यक्रम पनि भैरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले बताउनुभयो ।

    पोल्ट्री व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा प्रवेश शूल्क ५० रुपैयाँ रहेको छ भने विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा ३० रुपैयाँ कायम गरिएको छ । त्यस्तै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र क र ख वर्गका अपांग भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा प्रवेश दिइने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बिभिन्न किसिमका जस्तै ह्याचरी उत्पादन ,दाना उत्पादन ,टर्कि प्रदर्शनि ,बदिया भाले कुखुरा बाट बनेका फुड आइटम ,अल्लो बाट निर्मात सामग्रि ,फलामका भाडा ,खेलौना लगायतका स्टलहरु राखिएको पनि उक्त पोल्ट्री महोत्सवका सह संयोजक चन्दन भन्डारीले जानकारी दिनुभयो । यसै गरी आज महोत्सवमा ६ हजार बढि दर्शकले महोत्सव अवलोकन गरेको पनि प्रचार प्रशार उपसमिति संयोजक पोषण नाथ योगिलृ जानकारी दिनुभयो । महोत्सव अवधिभर करीव २ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।

    भोली १५ गते मंगलबार कृष्ण काफ्ले लगायतका कलाकार आउने
    घोराहीमा जारी पोल्ट्री महोत्सवमा भोली १५ गते मंगल बारबार कृष्ण काफ्ले लगायतका कलाकारहरु आउने भएका छन । भोलि हुने कार्यक्रममा गाएक कृष्ण काफ्ले ,गाएक मेक्सम खाति, ,गाएक शक्ति चन्द मोडल बेबो आचार्य ,हास्य कलकार लेखान्त भुषाल र दिवाकर भन्डारी लगायत कलाकार आउने प्रचार प्रशार उपसमिति संयोजक योगिले बताउनुभयो ।

    साथै स्थानिय कलाकारलाई बढावा दिने गरी हुने कार्यक्रममा सम्पुर्ण स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने उँहाले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij