मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिलाहरु एकचोटी पढ्नुपर्ने खबर, यि खानेकुरा खाएमा गर्भ तुहिन पनि सक्छ, जानीराखौ !!

  • प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५



  • पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ ।

    यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ :
    -तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।

    -गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।

    -नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ ।
    -गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।

    के खाने ? : राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

    गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो ।

    गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

    गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ ।

    गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij