मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सेभिङपछि छाला बिग्रन नदिन अप्नाउनुहोस् यी उपाय

  • प्रकाशित मिति : बुधबार, माघ १६, २०७५



  • इन्टरनेसनल जर्नल अफ इर्मेटोलोजीका अनुसार ३० प्रतिशतभन्दा बढी पुरुषमा सेभिङपछि छालामा समस्या देखिन्छ। कसैलाई खटिरा आउँछ त कतिलाई पोल्छ पनि । खासमा संवेदनशील छाला भएका पुरुषमा यस्ता समस्या देखिन्छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने सेभिङमा विशेष ध्यान पुर्‍याउन जरुरी हुन्छ :

    पहिला आफ्नो छाला कुन प्रकृतिको छ भनी पहिचान गर्नुपर्दछ । छालालाई ‘ए’, ‘बी’ र ‘सी’ गरी वर्गीकरण गरिएको छ । सेभिङ गर्नुभन्दा पहिला छालालाई नरम बनाउन जरुरी हुन्छ । त्यसका लागि सुविधाअनुसार सेभिङ क्रिम र तेलको प्रयोग गर्न सकिन्छ ।

    सेभिङ गर्ने दिशा पनि पहिचान गर्नुपर्ने हुन्छ । जुन तरिकाले सेभिङ गर्दा समस्या आउँदैन, त्यही तरिकाले सधैँ सेभिङ गरेमा छालाको सुरक्षा हुन्छ ।

    गर्मीको समयमा सेभिङ गर्दै हुनुहुन्छ भने पानीको प्रयोगमा विशेष ध्यान पुर्‍याउनुपर्दछ । पानीको प्रयोगले दारी र छालालाई मुलायम बनाउने काम गर्छ । यसले छालाका छिद्र पनि खुल्ने गर्छन् । त्यस्तै, गर्मीमा सेभिङपछि चिसो पानीले अनुहार पखाल्न पनि उत्तिकै आवश्यक हुन्छ । यसले रौँका छिद्रलाई पुर्ने गर्छ र छिद्रमा धुलो तथा अन्य विकार पदार्थ प्रवेश गर्न पनि पाउँदैन ।

    स्किनमा समस्या आउनुको मुख्य कारण छालामा ब्लेडको घर्षणले पनि हो । त्यसैले ब्लेडले सेभिङ गर्दा विशेष ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

    आफ्नो छालाको प्रकृतिअनुसार रेजरको प्रयोग गर्नुपर्दछ । त्यसका लागि छाला विशेषज्ञसँग परामर्श पनि गर्न सकिन्छ ।

    सेभिङ गर्ने समय मात्र नभएर अनुहारको छालालाई सधैँ स्याहार गर्न जरुरी हुन्छ । स्किनलाई सधैँ स्वस्थ र हाइजेनिक बनाइराख्नुपर्छ । यसका लागि मोस्चराइजको प्रयोग गर्न सक्नुहुन्छ । सेभिङ स्किनका लागि पनि मोस्चराइजरको अवश्यकता पर्दछ । र, दिनमा दुईपटक गुणस्तरीय फेसवासले अनुहार सफा गर्ने बानी पनि बसाल्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij