माघ १८ घोराहि
कुखुरा तथा दाना ब्यबसायि घोराहि दाङको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघको आयोजनामा घोराहिमा जारि प्रदेश नं ५ स्तरिय पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ मा आज प्रदेश नं ५ कि माननीय कृषि मन्त्रि आरति पौडेलले अवलोकन गर्नु भयको हो ।
आज महोत्सव अवलोकन गर्दै उँहाले सम्पुर्ण दंगालि किसानहरु गौरवको लागि काम गरेको भन्दै खुसि ब्यक्त गर्नुभयो । साथै मन्त्रि पौडेललाई एक औपचारिक कार्ययक्रमका बिच महोत्सव आयोजकले सम्मान पनि गरेको हो र उँहाले महोत्सव सफलताको लागि शुभकामना मन्तब्य पनि ब्यक्त गर्नुभयको हो । सरकारले कृर्षि पेसालाई अगाडि लैजान नसकेको बेला ब्यक्तिगत संस्थाले यति ठुलो गौरवपुर्ण काम गरेकोमा आयाजक टिमलाई धन्यबाद ज्ञापन गर्दै कृषि पेशा गर्न सके मात्रै नेपाली किसानलाई आत्म निर्भर बनाउने पनि उँहाले बताउनुभयो ।
कृषि मन्त्रि संगै आज पोल्ट्रि महोत्सवमा केन्द्रीय तथा स्थानिय कलाकार संग छमछमि नाचेका हुन ।महोत्सवमा आज चरचित लोक तथा दोहोरि गायिका पुर्णकला बिसिको दिल मेरो चोरि लग्यो पुलिसवालाले गित गाँउदा आयोजकलाई दर्शकको भिड थाम्न धौधौ परेको थियो साथै गायिका बिसिले लैजा रुमाल बैना ,मेरो होसै हरायो ,गाई खाने ,को कोठि ,झमझम पानी परेको रात लगायतका गितहरु गायर दर्शकलाई मनोरन्जन दािनुभयको थियो ।
त्यस्तै चर्चित लोक दोहोरि गायक भागिरथ चलाउनिले कसलाई सोध्नेहोला , गोरखपुरको सलाई लगायतका गित र चर्चित पप गायिका रेश्मा पुनले म पहाडको मायाले ,चट्ट रुमाल क्यामालु लगायतका गित गाउनु भएको थियो भने चर्चित मोडल रिना थापा मगरले पनि आफ्नो प्रस्तुति राख्नु भयको थियो । यसै बिच पुर्णकला बिसि र भागिरथ चलाउनिको बिचमा घम्सा घम्सि दाहोरि पनि चलेको थियो ।
डल्फिन पेलेट दाना कम्पनि द्वारा मुख्य प्रायोजन रहेको उक्त पोल्ट्रि महोत्सवको आज नवौ दिन महोत्सवमा ४ हजार बढि दर्शकले महोत्सव अवलोकन गरेका थिय । भने कमल नारायणिले वास्तविक माया प्रेमका कथा बस्तुलाई समेटेर नृत्य मार्फत प्रस्तुत गरेका थिय साथै बि फ्रिडम लगायतका कलाकारहरुले प्रस्तुति राख्नुभयको थियो साथै कार्यक्रममा चर्चित उद्घोषिका तथा भिजे सोभा त्रिपाठिले उद्घघोषण गर्नुभयको थियो । कुखुरा पालन एवं बजारिकरणको बिकास ,परनिर्भरमुखि अर्थतन्त्रको निकास भन्न् मुल नाराको साथमा सुरु भयको महोत्सवमा आजको कार्यक्रमको सौजन्य स्वर्गद्वारि अटो भिल्ला बिजनेस ग्रुप प्रालिले गरेको थियो भने महोत्सव माघ २० गते सम्म चल्ने छ ।महोत्सवमा पोल्ट्रि सम्बन्धि करिव ८९ वटा स्टल रहेका छन भने विभिन्न फुड आईटम पाईने स्टल पनि रहेका छन ।महोत्सव प्रबेशका लागि भने ५० रुपैया टिकटको ब्यबस्था गिरयको छ ।
बृद्द तथा अपाङ्गलाई निशुल्क र पत्रकारलाई परिचय पत्रका आधारमा प्रबेश गर्ने ब्यबस्था मिलाईयको पोल्ट्रि महोत्सवका प्रचार प्रसार संयोजक पोषण नाथ योगिले जानकारि दिनुभयो ।
महोत्सवमा भोलि १९ गते शनिबार पुर्णकला बिसि लगायतका चर्चित कलाकारहरु आउने पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ को भोलि शुक्रबार चर्चित लोक तथा दोहोरि गायिका टीका पुन लगायतका कलाकारहरु आउने कार्यक्रम तय गरियको पनि प्रचार संयोजक पोषणनाथ योगिले बताउनु भयो ।यस्तै दोहोरि गाएक कृष्ण रेउले ,मोडेल रुबिना अधिकारि ,रिया घले र टीका जैसि लगायतको प्रस्तुति रहने छ भने उद्घोषकमा चर्चित उद्घोषिका सोभा त्रिपाठि रहने छिन साथै स्थानिय कलाकार कमल नारायणि , बिफ्रिडम डान्स ग्रुपको प्रस्तुति रहने प्रचार प्रशार उपसिमति संयोजक पोषणनाथ योगिले जानकारि दिनुभयो ।भोलि महोत्सवको दशौ दिन उक्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम तय भएको पनि उहाँले बताउनु भयो ।
https://www.youtube.com/watch?v=lYRp0Nmwpqw&t=254s