मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हातखुट्टा झमझम्याइरहेको महशुस हुन्छ ? यस्तो हुनसक्छ कारण

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • बिनासित्ति मेरो हात हातखुट्टा झमझम्याइरहेको महशुस हुन्छ । किन होला ?

    को साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन् । खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । मानसिक रुपमा त्यस्तो महशुस गरेर धेरैले आफूलाई यो समस्या कहिल्यै समाधान नभएको भनेर अस्पतालको चक्कर काट्छन् ।

    किन त्यस्तो महशुस हुन्छ त ?

    तनाव, थकान र चिन्ताका कारण यस्तो हुन्छ । जसले गर्दा हातखुट्टा तातेको र झमझमाएको महशुस हुन्छ । यसैगरी २० देखि ३० प्रतिशतको हताखुट्टा झमझम गर्नु रोगको कारण पनि हुन सक्छ । डायबिटिज भएको मान्छेलाई यस्तो हुनु सामान्य कारण मानिन्छ । अर्काे वाथरोग हो । यसैगरी भिटामिन बी १२, बी ६ को कमीले पनि यस्तो हुन सक्छ ।

    नशाकै कारणले पनि हुन्छ कहिलेकाहिँ । कतिपय अवस्थामा जोर्नीहरु, हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ ।

    स्पाइनल कडमा ट्युमर वा इन्फेक्सन भएपनि यस्तो समस्या हुन्छ । चोटपटकबाट घाइते हुँदा पनि यस्तो हुन्छ । अर्काे कारण सिरिङ्गोमायलिया हो । यो भनेको स्पाइनलमा पानी जम्ने हुन्छ । कतिपय अवस्थामा भने दिमागको पुगेको चोटले पनि यस्तो हुन्छ ।

    डाक्टरलाई देखाउने अवस्था

    विविध कारणल यस्तो हुने भएकाले ठूलै रोग पो लाग्यो कि भनेर आत्तिने गर्नुहुँदैन । आफूले कति पीर, चिन्ता र तनाव लिइरहेका अवस्था छ त्यतातिर ध्यान दिने र त्यसलाई कम गर्ने पहिलो उपाय हो । प्यारालाइसिसका संकेत देखियो भने चाहिँ डाक्टरलाई देखाउनुपर्छ । यदि निकै कमजोरी महशुस भयो, झमझमाइरहँदा हातले केही समाउन मुश्किल पर्न थाल्यो र हिँड्न मुश्किल भयो भने डाक्टरलाई देखाउनुपर्छ । त्यसैगरी ढाड, गर्धन दुख्यो भने स्पाइनलको समस्या हुन सक्छ । झमmभमाइरहेको अवस्थामा मांशपेशी सुक्दै गए, हत्केला सुक्दै गए भनेपनि समस्या जटिल भएको ठान्नुपर्छ ।

    यस्तो भए के गर्ने ?

    दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन । लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ । सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ। त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा केही देखिएन भने साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनलाई देखाउनुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij