मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कृष्ण वलिले खुट्टा हालेपछि रुपा हर्षित

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • रुकुमका कृष्ण वलिसँग केहि महिनाअघिसम्म दुख र पिडा बाहेक केहि थिएन । देवी जस्ती श्रीमतीको अटुट ससाथ र परिवारको माया त थियो तर पैसाको अभावका कारण आफ्नो करेन्ट लागेर गुमेका दुई हात र एक खुट्टा जोडिने सपना सपनामै सिमित थियो ।

    करेन्ट लागेर जसोतसो बाँचेका कृष्णको उपचारमा ७० लाख हाराहारीको खर्च भएको थियो, परिवारलाई ४५ लाख भन्दा माथिको ऋण थियो । छटपटी थियो, निदाउन सक्दैन थिए ।

    त्सैबिच कलाकार तथा भिजे शिशिर भण्डारी उनीहरुको घर पुगे, उनीहरुको दुख र बेदनाले भरिएको भिडियो बनाए । शिशिरको प्रस्तुति शैली र रुपा कृष्णको पिडाले सबैको मन छोयो । भिडियो प्रसारण भएको २ दिनमै ४ लाख सहयोग लिएर शिशिर फेरी कृष्णको घर गए । अब कृष्णो जीवनमा आशाका नयाँ किरणहरु पलाए ।

    त्यसपछि उनको घरमा मिडियाहरुको ओईरो लाग्न थाल्यो । सयोगीहरु उनकै घरमा आउन थाले । एक एक मिलेर सागर बन्दै गयो, शिशिरको भिडियो हेरेर रुदै फोन गर्दै कृष्णलाई सान्त्वना दिनेको ओईरो लाग्यो । हालसम्म शिशिरले ३४ लाख भन्दा माथिको रकम कृष्णलाई बुझाईसके । कृष्ण रुपाका अनुसार उनीहरुका लागि हालसम्म १ करोड ५० लाख भन्दा माथिको सहयोग आईसक्यो ।

    ७० लाख भन्दा माथिको रकम अमेरिकाबाट आउँदैछ । यसैबिच कृष्णले खुट्टा हालेका छन् । सबैको चाहना छ, कृष्णलाई हात खुट्टामा हेर्ने, त्यो मध्ये एक चाहना पुरा भएको छ ।
    सैघाली खबरबाट
    https://youtu.be/MTFUozDA6o8

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij