मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कानबाट किन आउँछ पिप र रगत

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • यदि कानबाट रगत वा पिप निस्कियो भने सतर्क हुनुपर्छ। यो इन्फेक्सन वा कानमा चोट लागेको लक्षण हुन सक्छ, जसको चाँडोभन्दा चाँडो उपचार गराउनु आवश्यक हुन्छ। कानबाट कुनै प्रकारको पदार्थ निस्कनु वा बग्नुलाई अंग्रेजीमा ‘इयर डिस्चार्ज’ र मेडिकल भाषामा ‘ओटोरिया’ भनिन्छ।

    कानबाट पानी वा रगत आउने कारण
    सामान्यतया कानबाट पानी निस्कनु एउटा प्राकृतिक प्रक्रिया मानिन्छ । यसको मुख्य कारण हो तपाईंको कानबाट मैलो बाहिर निस्किनु । यसका साथै, यदि कानबाट रगत वा पिप निस्कियो भने त्यसका निम्नलिखित कारण हुन सक्छन् ।

    कानमा संक्रमण
    कानमा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुन सक्छ जसका फलस्वरुप कानबाट पानी आउने, चिलाउने, कान सुन्निने वा रगत तथा पिप आउने लक्षण हुन सक्छन् । यसो भएमा तुरुन्तै डाक्टरकहाँ जानु आवश्यक छ । संक्रमण बढ्यो भने सुन्ने क्षमता कमजोर हुन सक्छ ।

    कानमा चोट लाग्दा
    कान सफा गरिरहँदा, हवाईजहाजमा यात्रा गर्दा वा पानीको गहिराईसम्म डुबुल्की मार्दा कानमा चोट लाग्न सक्छ र कानको पर्दामा प्वाल पर्न सक्छ । यसको कारणले कानको भित्री भागमा संक्रमण हुँदा कानबाट तरल पदार्थ बग्छ ।

    तरल पदार्थ किन निस्किन्छ ?
    ब्याक्टेरिया वा फंगसको संक्रमणले कानमा इन्फेक्सन हुन्छ जसको फलस्वरुप कानबाट तरल पदार्थ निस्किन थाल्छ । यस्तो अधिकांस ती व्यक्तिहरुलाई हुन्छ जो पानीमा धेरै समय बिताउँछन् । तीखो वस्तुले आफ्नो कान सफा गर्दै भित्र घाउ बनाएमा पनि यस्तो हुन्छ । घाउ भयो भने सजिलै इन्फेक्सन हुन्छ । यसका अलावा खप्परमा चोट लाग्दा पनि कानबाट तरल पदार्थ निस्किन्छ ।

    डाक्टरकहाँ कहिले जाने ?
    यदि तपाईंको कानबाट पानी निस्किरहेको छ तर चिलाई, दुखाई वा सुन्निने जस्ता लक्षण छैनन् भने दौडेर डाक्टरकहाँ गइहाल्नु पर्दैन । तर, यदि कानबाट पहेँलो पिप वा रगत बगिरहेको छ भने तपाईंले तुरुन्तै नाक, कान, घाँटीको डाक्टरलाई भेट्नुपर्छ ।

    यसका अलावा कानमा तीव्र दुखाई, ज्वरो, सुन्निने वा सुनाईमा समस्या जस्ता लक्षण छन् भने ढिला नगरी डाक्टरकहाँ पुगेर उपचार सुरु गरिहाल्नुपर्छ ।

    कान बग्ने समस्याको समाधान
    कानबाट तरल पदार्थ निस्कने समस्याको उपचार यो कुरामा निर्भर हुन्छ कि यस पछाडिको कारण के हो । इन्फेक्सन, दुखाई र सुन्निने जस्ता लक्षण हुँदा डाक्टरले तपाईंलाई इयर ड्रप्स, पेन किलर वा एन्टिबायोटिक्स दिन सक्छन् । यसै प्रकारले यदि साना बच्चाहरुलाई ज्वरो वा दुई छ भने डाक्टरले उसका लागि इयर ड्रप्स लेख्न सक्छन् ।

    यदि कानको पर्दा फुटेका कारण इन्फेक्सन भएको छ भने डाक्टरले तपाईंलाई औषधि लेख्न सक्छन् जसले कानको प्वाल चाँडै भरिन्छ । यदि प्वाल भरिएन भने डाक्टरले सानो अपरेसन पनि गर्न सक्छन् ।

    कानबाट पानी निस्कन कसरी रोकिन्छ ?

    – कसैको कानमा यदि इन्फेक्सन छ भने उबाट टाढा रहनु पर्छ।
    – नहर वा पोखरीमा तैरिएपछि एन्टिबायोटिक इयर ड्रप्स हाल्ने गर्नुस ।

    – कुनै तिखो वा फोहोर वस्तुले कान सफा नगर्नुस ।
    – अत्यधिक हल्लाखल्ला वा पटका पडि्एको बेला इयर प्लग लगाउन नभूल्नुस ।

    – नाक सफा गरिरहँदा बढि जोड नलगाउनुस, यसले कानको पर्दामा असर गर्न सक्छ ।
    – कानमा बारम्बार औंला नछिराउनुस ।

    कान बग्न रोक्ने केही घरेलु उपाय
    कानमा दुखाई वा तरल पदार्थ निस्केको बेला स्टिम ट्रिटमेन्ट राम्रो मानिन्छ। साथै दुखेको कानमा तातो कपडाले सेक्दा पनि फाइदा पुग्छ।
    कानमा इन्फेक्सन हुँदा दुवै कानमा ३-४ थोपा लसुनको रस हाल्नाले चाँडै आराम मिल्छ।

    कानमा दुखाई वा इन्फेक्सन हुँदा २ थोपा नीमको तेल दिनमा २ पटक हाल्दा छिट्टै नै विसेक हुन्छ।
    कानमा तुलसीको पत्ताको रस हाल्दा पनि इन्फेक्सन भाग्छ।

    कानबाट पिप आइरहेको छ भने कानमा २-३ थोपा प्याजको रस हाल्नाले यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij