मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसरी गर्नुहोस् जिब्रो सफा, मुख तथा पेटलाई हुनेछ फाइदा

  • प्रकाशित मिति : बुधबार, माघ २३, २०७५



  • हामी मुख र दाँतको सफाईमा उति ख्याल गर्दैनौ । बिहान एक पटक मात्र दाँतमा ब्रस गर्ने चलन हुन्छ । बिहान ब्रस गर्नुको त्यती अर्थ हुँदैन, जति खाना खाइसकेपछि गर्नु हुन्छ । खाना खाइसकेपछि बिहान र बेलुकी दुई पटक कम्तीमा ब्रस गर्नुपर्छ । यसले दाँतलाई सफा राख्छ।

    तर, दाँतको सफाई मात्र पनि पर्याप्त छैन । समग्र मुखको सफाइको लागि जिब्रोको सफाईमा पनि ध्यान दिनुपर्छ।

    अध्ययनहरुले भन्छ, जिब्रोको सफाईबाट धेरै रोगको सम्भावना टार्न सकिन्छ । अर्थात जिब्रो पनि रोगको स्रोत बन्न सक्छ, जब त्यसलाई सफा गरिँदैन।

    टंग स्क्र्यापीङ

    दाँत ब्रस गर्नुअघि जिब्रो सफा गर्ने सरल अभ्यासलाई ‘टंग स्क्र्यापीङ’ भनिन्छ । यति मात्र होइन, यसले भोलाटाइल सल्फर कम्पाउन्ड्स -वीएससी) लाई कम गर्छ जो मुखभित्रको ब्याक्टेरियाबाट बन्छ र यसबाट सासको दुर्गन्ध सुरु हुन्छ ।

    परम्परागतरुपमा आयुर्वेदिक ग्रन्थमध्ये एक चरक संहिताका अनुसार टंग स्क्र्यापर्स सुन, चाँदी, तामा, टिन वा पित्तलबाट बनेको हुनुपर्छ । सुन र चाँदीका स्क्र्यापर आममानिसको बजेटभित्र पर्दैन । त्यसैले अध्ययनले तामाको क्लिनरको सल्लाह दिएको छ । प्राचीन कालदेखि तामालाई ब्याक्टेरिया प्रतिरोधि धातुका रुपमा प्रयोग गरिन्छ र, यही कारण यसले जिब्रो सफा गर्दा कैयन् लाभ प्राप्त हुन्छन् ।

    तपाईंको मुख ब्याक्टेरियाले भरिएको हुन्छ र तामाको क्लीनरले सफा गर्दा ब्याक्टेरिया कम हुन्छ । यसले मुखबाट टक्सिन मात्र होइन हानिकारक ब्याक्टेरियालाई पनि बाहिर निकाल्न सहयोग गर्छ । यो तामाको एन्टिब्याक्टेरियल गुण हो जसले यसलाई प्रभावकारी टंग क्लिनर बनाएको हो ।

    मौखिक स्वच्छता किन आवश्यक ?

    एक गिलास पानी पिउँदा मौखिक स्वच्छता, जिब्रोको सफाई र ब्रसिङमा मद्दत मात्रै मिल्दैन, बल्कि पाचन प्रक्रियालाई सुधार गर्ने पनि यो एउटा राम्रो उपाय हो । टंग स्क्र्यापिङले जिब्रोको स्वाद मात्रै राम्रो बनाउँदैन, खाद्य पदार्थलाई सही तरिकाले पचाउन पनि सहयोग गर्छ ।

    एउटा तामाको टंग स्क्र्यापरले केवल मुखको स्वच्छता मात्रै कायम राख्ने होइन कि यसको प्रयोग नगर्दा पनि ब्याक्टेरिया जम्मा हुनबाट रोक्छ । यसका फाइदाजनक गुणहरुले गर्दा तामाको स्क्र्यापर अति उपयोगी छ । यद्यपि स्टेनलेस स्टीलको प्रयोग पनि गर्न सकिन्छ ।

    प्रक्रिया १ः

    बिहान उठ्नासाथै आफ्नो जिब्रोलाई स्क्र्याप गर्नुस । सबैभन्दा पहिले गर्नुपर्ने यही हो । यदि तपाईं राति नै ब्यूँझनुभयो भने पनि एक गिलास पानी पिएर जिब्रो स्क्र्याप गर्नुस । यसबाट विषाक्त पदार्थ कम हुन्छ ।

    प्रक्रिया २ः

    आफ्नो स्थिर जिब्रोमा यू-आकारको टंग स्क्र्यापरको उपायोग गरेर जिब्रोको पछाडि विस्तारै बिस्तारै पुग्नुस र पछाडिबाट अगाडि तान्नुस । यसलाई ५-१० चोटि दोहोर्‍याउनुस ।

    प्रक्रिया ३ः

    ब्रसिङ -गैर फ्लोराइड टूथपेस्टका साथ), फ्लसिङ र एक ठूलो गिलास पानीसँगै टंग स्क्र्याप गर्नुस ।

    प्रक्रिया ४ः

    हरेक दिन ब्रस गर्नुअगावै आफ्नो जिब्रो सफा गर्ने बानी बसाल्नुस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij