मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घरेलु विधिबाट चम्किलो बन्छ अनुहार

  • प्रकाशित मिति : बुधबार, माघ २३, २०७५



  • आफ्नो अनुहार चम्काउन मानिसले केसम्म गर्दैन ? हजारौँ खर्च गरेर ब्युटीसम्बन्धी विभिन्न सामान किन्छ । ब्युटिपार्लरमा पुगेर हजारौँ खर्च गर्छ । बजारमा पाइने नानाथरीका सौन्दर्य प्रसाधन ल्याउँछ । तर, भनेजस्तो नतिजा नपाएर मानिस दुःखी हुन्छ । बजारमा पाइने विभिन्न थरीका ब्युटीसम्बन्धी सामग्रीको प्रयोगले मानिसको अनुहारसमेत बिग्रिएको पाइन्छ । अब तपाईंले अनुहार चम्काउने नाममा महँगा सामान किनिराख्नु पर्दैन । घरेलु विधिबाट पनि अनुहार चम्काउन सकिन्छ ।

    १.जहाँ पनि सहज रूपमा पाउन सकिने काँक्राको रस निकाल्नुहोस् । त्यसमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । यसरी केही दिन लगाउनुभयो भने अनुहारमा चमक आउँछ ।

    २.एक चम्चा राम्रो खालको महमा केही थोपा कागतीको रस मिलाएर अनुहारमा लगाउनुहोस् । कम्तीमा १५ मिनेटपछि मुख धुनुहोस् । तत्कालै तपाईंको अनुहारमा चमक झल्किन्छ ।

    ३.काँक्राको रसले अनुहारमा निरन्तर मसाज गर्नुभयो भने चाया हटेर सुन्दर देखिन सक्दछ ।

    ४.अनुहारमा चाउरीपन छ भने पाकेको केरा मुछेर अनुहारमा लगाउनुहोस् । चाउरीपन हराउँछ ।

    ५.गाई वा भैँसीको काँचो दूधले अनुहार मालिस गर्नुहोस् । अनुहारको चमक निरन्तर बढ्दै जान्छ ।

    ६.सुन्तलाको बोक्रालाई घाममा सुकाउनुहोस् र धुलो बनाउनुहोस् । उक्त पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउनुहोस् । यसलाई फेसवासको रूपमा प्रयोग गर्नुभयो भने तपाईंको अनुहार झन् चम्किलो हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij