प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५
काठमाण्डौँ, दालचिनीलाई आयुर्वेदमा निकै गुणकारी र विभिन्न समस्याको समाधानको रामवाण नै मानिन्छ । भान्छामा पाक्ने परिकारको स्वाद बढाउने देखि विभिन्न स्वास्थ्य समस्या समाधान गर्न दालचिनी लाभदायक मानिन्छ ।
स्वास्थ्य र सुन्दरता दुवैको लागि राम्रो मानिने दालचिनीलाई दूधमा मिसाएर पिउँदा हुने फाइदाको बारेमा आज हामी जानकारी दिनेछौँ ।
राम्रो पाचनको लागि लाभदायक
यदि तपाइले खानुभएका खानेकुराहरु राम्रोसँग पचेको छैन भने दालचिनी युक्त दूध पिउनुहोस् । यसले ग्यासको समस्यालाई पनि समाधान गर्छ ।
रगतमा हुने चिनीको मात्रालाई सन्तुलित राख्छ ।
कतिपय अध्ययनले बताएअनुसार दालचिनी मिसाएर दूध पिउने गर्नाले रगतमा हुने चिनीको मात्रालाई सन्तुलनमा राख्छ । यस प्रकारको दूधले विशेष गरेर टाइप टू नामक सुगर रोगीलाई फाइदा गर्छ ।
मीठो निन्द्राको लागि लाभदायक
यदि तपाइ अनिन्द्रा जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने आजैदेखि दालचिनी मिसाएर दूध पिउने गर्नुहोस् ।
चम्किलो कपाल र छाला सम्बन्धी समस्या समाधानको लागि उपयुक्त
दूधमा दालचिनी मिसाएर पिउने गर्नाले छाला सम्बन्धी विभिन्न समस्यालाई समाधान गर्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले छाला तथा कपालमा हुने इक्फेक्शनबाट जोगाउँछ ।
बलियो हड्डीको लागि मद्दत ।
यदि तपाइ हड्डी बलियो बनाउन चाहनुहुन्छ भने नियमित दालचिनी मिसाएको दूध पिउने गर्नुहोस् ।
बनाउने तरिका
एक कपमा दूधमा एक वा दुई चम्चा दालचिनीको धुलो मिसाउने र त्यसलाई चम्चाको सहायताले राम्रोसँग फिट्नुहोस् । अनि तयार भएको दूध पिउनुहोस् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij