मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

परिवारलाई ल्याएका सामान आफ्नै देशको विमानस्थलले लुट्यो

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • काठमाडौं , पछिल्लो समय विदेशमा रोजगार गरेर फर्किएका नेपालीका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत हुँदै आएको छ । एकभन्दा बढी सामान ल्याएको पाइएमा जफत गर्ने र लिलामी गर्ने काम विमानस्थल कार्यालयले गर्दै आएका छन् ।स्वदेशमा लाखौ रुपैयाँ ऋण काढेर विदेशमा काम गरेर फर्किंदा आफ्ना परिवारका सदस्यलाई ल्याइदिएका सामान पनि जफत गरेपछि अहिले यसको व्यापक विरोध हुन थालेको छ । सरकारले विमानस्थलमा वाइन, टिभी, मोबाइल, सुनका गरगहना, कपडा, घडीलगायतका सामान जफत गर्न थालेको छ ।सरकारको यो कदमलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

    अधिकांशले राजनीतिक नेतृत्वले देशको सम्पत्ति लुट्दा केही नहुने तर विदेशमा काम गरेर फर्किंदा परिवारका सदस्यलाई ल्याइदिएको गिफ्ट पनि लुट्ने भन्दै आलोचना गरिएको छ ।हरि विष्ट सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘विदेश जाँदा ८ प्रतिशत ब्याजदर मा निकालेको बैंकको ऋण अहिले १५ प्रतिशत भई स्याजब्याजसहित उसको घरबारी लिलाम हुँदा कति पीडा हुन्छ होला त्यो परिवारलाई सरकार ? विदेशबाट घर फर्किदा परिवारलाई फोन गरेर आमालाई एउटा औंठी, बाबालाई एउटा घडी, श्रीमतीलाई एब तोला सुन, ठूलो छोरीलाई एउटा मोबाइल, सानो छोरालाई एउटा क्रिकेट ब्याट ल्याउँदा आफ्नै देशको एयरपोर्टमा आफ्नै सरकारले लुट्दा उसलाई लिन गएका परिवार र उसको मनमा कस्तो निराशता छाउँछ होला ?’

    विष्टले उसका कलिला सन्तानले के सोच्दा हुन् भन्दै भ्रष्टाचारको सिलसिला यहीँबाट सुरु हुने बताउँछन् ।‘ती कलिला बालकहरूका मानसपटलमा स्वदेशमै बसेर जागिर खाई भ्रष्टाचार गर्दै देशलाई लुट्ने सोचबाहेक केही आउँदैन । उसले मनमनै भन्ने गर्छ, देशले मेरो बाबालाई लुटेको थियो, हामीले बदलास्वरूप देशलाई लुट्नुपर्छ ? हो त्यहीँबाट सुरू हुन्छ एउटा भ्रष्टाचार,’ विष्टले लेखेका छन् ।उनले अब वैदेशिक रोजगारीका सिलसिलामा बाकसमा प्याक भएर आएको लासलाई पनि ‘लिलाम’ गरी जबर्जस्ती घरपरिवारलाई टेन्डर हाल्न नलगाऊ भन्दै सरकारको आलोचना गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij