मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाठेघर खस्ने रोग लुकाएर बस्छन् जाजरकोटका महिला

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • जाजरकोट । यहाँको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन् । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा १३ वर्षसम्म कष्टपूर्ण जीवन बिताउनुपयो ।

    पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न पनि नपाएको र घरायसी काम पनि गतिलोसँग गर्न नपाएको विर्मीले दुःखेसो पोखिन् ।

    दसेरा–८ की ५९ वर्षीया धनसरा नेपाली पनि १८ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित छिन् । १४ वर्षकै उमेरमा बिहे गरेर पाँच छोराछोरी जन्माएकी धनसरालाई पाठेघर खस्ने समस्याका कारण जीवन कष्टकर बनेको बाँचेसरह भएको थियो ।

    गत वर्षको माघमा मिसन अस्पताल चौरजहारीमा शल्यक्रिया गरेपछि भने उनी अहिले सामान्य अवस्थामा रहेकी छिन् । उनले पाठेघर खस्ने समस्याले गर्दा आफूले १८ वर्षसम्म निकै ठूलो दुःख पाएको जानकारी दिइन् । यही कारणले घरमा कामकाज गर्न पनि धेरै समस्या भएको उनको भनाइ छ ।

    अस्पतालमा जाँदा पनि गतिलो उपचार नभएका कारण आफूले लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित बन्न बाध्य भएको विर्मी र धनसराको भनाइ छ ।

    दसेराकी धनसरा र भुरकी विर्मी मात्र होइन, जिल्लाका १० हजार बढी महिलामा पाठेघर खस्ने समस्या भएको अनौपचारिक तथ्याङ्क छ । १३/१४ वर्षकै उमेरमा विवाह गरेर विभिन्न कारणले पाठेघर खस्ने समस्याबाट पीडित बनेका धेरै ग्रामीण भेगमा महिला छन् ।

    समयमा उपचार नहुँदा जाजरकोटका महिलाको पाठेघरको समस्या झन भयङ्कर बन्दै गएको अन्य सरोकारवाला बताउँछन् ।, जिल्लामा कुल विवाहित महिलाको जनसङ्ख्यामध्ये ४७ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको यस क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध संस्थासँग अनौपचारिक तथ्याङ्क छ ।

    पाठेघर खस्ने समस्याबाट पीडित महिलाको पहिचान तथा उनीहरुको निःशुल्क उपचारका लागि गरिएको प्रयासबाट अहिलेसम्म २३७ जनाको उपचार गरिएको वातावरणीय कृषि विकास केन्द्र केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए ।

    जिल्लाका २१ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको भेटिएको शाहले बताउनुभयो । जिल्ला अस्पतालमा उपकरण अभावमा उपचार तथा शल्यक्रियाको सुविधा नभएकाले पीडित महिलालाई चौरजहारी तथा कोहलपुरको मेडिकल कलेजमा लैजानुपर्ने शाहले बताए ।

    जिल्लामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या भएको गाविस मजकोट रहेको केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए । उनले सानो उमेरमा गरिने विवाह, गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानाको अभाव, गह्रौँ भारी बोक्नुपर्ने, बर्सेनि बच्चा जन्माउने र जनचेतना अभावजस्ता कारण जिल्लामा पाठेघर खस्ने समस्या विकराल बन्दै गएकामा चिन्ता व्यक्त गरे ।

    पाठेघर खस्ने रोगबाट पीडित महिलाका लागि सरोकारवालाको पहलमा अहिले पाठेघर उपचार कोष स्थापना गरिएको र जसले पाठेघर खस्ने समस्या भएका महिलालाई सम्पूर्ण उपचार खर्च बेहोर्न सहयोग पुगेको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सरिता चन्दले बताइन् ।

    उनका अनुसार जिल्लामा ३० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको र त्यसमध्ये पाँच प्रतिशत महिलालाई शल्यक्रिया नगरी नहुने अवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij