प्रकाशित मिति : आइतवार, माघ २७, २०७५
पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने विश्वास रहँदै आएको छ । तर, ठीक विपरीत भयो भने अशुभ मानिन्छ । तर, विज्ञानले आँखा फर्फराउनुलाई स्वास्थ्य अवस्थासँग जोडेर हेर्ने गरेको छ । आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल भन्छन्:
आँखा फर्फराएको छ भने आँखामा स्वास्थ्य समस्या भएको बुझ्नुपर्छ । सुक्खा हुने, विभिन्न इन्फेक्सन हुने, एलर्जी हुने, रातो हुने, सुन्निने तथा आँसु बढी आउने समस्या फर्फराउने संकेतसँग जोडिएको हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij