मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

किन फर्फराउँछ आँखा, यस्ता छन् भ्रम र यथार्थ

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने विश्वास रहँदै आएको छ । तर, ठीक विपरीत भयो भने अशुभ मानिन्छ । तर, विज्ञानले आँखा फर्फराउनुलाई स्वास्थ्य अवस्थासँग जोडेर हेर्ने गरेको छ । आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल भन्छन्:

    आँखा फर्फराएको छ भने आँखामा स्वास्थ्य समस्या भएको बुझ्नुपर्छ । सुक्खा हुने, विभिन्न इन्फेक्सन हुने, एलर्जी हुने, रातो हुने, सुन्निने तथा आँसु बढी आउने समस्या फर्फराउने संकेतसँग जोडिएको हुन्छ ।

    आँखा फर्फराउने संकेतसँग मानसिक तनावको पाटो पनि जोडिएको हुन्छ । मानसिक तनाव धेरै लिने मानिसको आँखा धेरै फर्फराउँछ । कम मानसिक तनाव लिनेहरूमा तुलनात्मक रूपमा आँखा फर्फराउने समस्या कम हुन्छ ।

    आँखामा कुनै प्रकारको चोट या दुखाइ छ भने पनि फर्फराउने समस्या देखिन्छ । आँखालाई बढी दबाब हुने गरी काम गर्दा पनि यस्तो समस्या निम्तिएको पाइन्छ ।

    कहिलेकाहीँ आँखाको ढकनीभित्र परेला टाँसिएको अथवा आँखाभित्र परेला घुसेको छ भने पनि आँखा फर्फराउन सक्छ ।

    आँखा फर्फराउनुलाई कुनै शुभ या अशुभ संकेतको रूपमा नलिएर रोगको प्रकृति भएको बुझ्नुपर्छ । लामो समय आँखा फर्फरायो भने चिकित्सककहाँ जानैपर्छ । फर्फराउने समस्याबाट मुक्त हुन एउटा इन्जेक्सन दिइन्छ । यो इन्जेक्सन लगाएपछि फर्फराउने समस्या अन्त्य हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij