प्रकाशित मिति : सोमवार, माघ २८, २०७५
निलम ओली , दाङ । पूर्व बिद्यार्थी समाज दीपेन्द्र मावि मानपुरमा सरस्वतीको मन्दिर उद्घाटन गरीयो । कार्यक्रमको सभापतित्व होमराज डागीले गर्नु भएको थियो । प्रमुख अतिथी रेखा शर्मा, पूर्व सामान्य प्रसासन मन्त्री एवं संघोय सांसद नेपाल , विशिष्ट अतिथी थलराज पुरी वडा नं १७ , माधव वली १८ देवराज बिश्वकर्मा शिक्षा समिती संयोजक तुलसीपुर ,वक्ता डा कुवेर रेग्मी , डिल्लीराज आचार्य ,विदुर गौतम , नदन अधिकारी , गिरीराज लम्साल , स्वागत मन्तव्य शशिधर पौडेलको थियो । 
सोही कार्यक्रममा तुलसीपुर १६ निवासी स्व. आमा जगदम्वा रेग्मीको स्मृतीमा छोरा कुवेर रेग्मीबाट एकलाखको अक्षयकोष बनाउने घोषणा गर्नु भयो । यसैगरी तुलसीपुर १६ फचकलुवा निवासी स्व. बुवा नन्दलाल उपाध्यायको स्मृतीमा छोरा यज्ञमूर्ति गौतम र मूर्ति प्रसाद गौतमबाट पचास हजारको अक्षयकोषको घोषना गर्नु भएको थियो । कार्यक्रमको संचालन यज्ञमूर्ति गौतमले गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij