मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनुहारलाई संधै चमक,गोरो र बच्चाको जस्तो छाला राख्नको लागि यी ५ घरेलु तरिका”:जानी राखौ

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • यदि तपाईंको छाला स्वस्थ देखिन्छ भने तपाईंले आफ्नो उमेरलाई निकै सजलोसँग लुकाउन सक्नुहुन्छ । तर तपाईंको छालाबाट चमक गायब हुन्छ भने तपाईं चाँडै नै बुढि देखिन सुरु गर्नुहुन्छ । त्यसकारण तपाईंले आफ्नो छालामा निकै ध्यान दिनुपर्ने हुन्छ । बजारमा पाइने क्रिमले अनुहारको चमक फिर्ता आउने सोच्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ

    अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ।
    महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।

    जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।

    भिटामिन सी :

    अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।
    ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।

    अण्डा :

    यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij