मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के गोलभेँडाले मृगौलाको पत्थरी गराउँछ ? यथार्थ यस्तो छ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • कतिपय खानेकुराहरुको बारेमा हामीहरुमा एक प्रकारको मान्यता अर्थात् मिथक हुन्छ । त्यस्तो मान्यता भलै गलत नै किन नहोस् तर मानिसहरुले त्यसलाई सही भनेर स्विकारी रहेकै हुन्छन् र सोही बमोजिम गर्दछन् । यस्तै एउटा मान्यता गोलभेँडाको विषयमा पनि छ ।
    गोलभेँडा खानाले मृगौलाको पत्थरी हुन्छ भन्ने मान्यताका कारण कतिपयले त गोलभेँडा नै खान छाडेको हामीले देखेका छौँ । के यो साँचो हो त ? गोलभेँडाले मृगौलाको पत्थरी बनाउँछ त ?

    वास्तवमा अक्जालेट तत्वयुक्त खाद्य पदार्थको सेवनले मृगौलामा पत्थरीको सम्भावना हुन्छ । गोलभेँडामा पनि अक्जालेट तत्व हुन्छ । तर यो गोलभेँडामा अक्जालेट तत्व मृगौलामा पत्थरी गराउने हानिकारक मात्रामा हुँदैन । जसका कारण गोलभेँडाकेा सेवनले मृगौलाको पत्थरीको खतरा रहँदैन ।

    तर यदि ठूलो परिमाणमा नियमित रुपमा गोलभेँडा खानाले भने अक्जालेट तत्वको अधिक आपूर्ति हुने र मृगौलामा पत्थरीको जोखिम बढ्ने गर्छ, स्वभाविक रुपमा । तर सन्तुलित मात्रामा वा ठिक्क मात्रामा गोलभेँडामा खानाले मृगौलाको पत्थरी हुने सम्भावना रहँदैन ।
    विज्ञहरुका अनुसार चिया, कफी, पालुंगो तथा विभिन्न सफ्ट डि्रंक्सहरुमा अक्जालेट तत्व अधिक मात्रामा पाइने भएकाले त्यस्ता पदार्थ बढि खानाले मृगौलामा पत्थरीको खतरा बढ्दछ । धेरै धेरै नूनयुक्त अचारको सेवन बढि गर्नु पनि मृगौलाको पत्थरीको कारण बन्न सक्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij