मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

क्यान्सर उपचार प्रभावित

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • मोरङ । पूर्वाधार अभावमा विराटनगरको कोसी अञ्चल अस्पतालमा एक वर्ष अघि सुरु गरिएको क्यान्सर रोगको उपचार प्रभावित बनेको छ ।

    पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा अहिले त्यो सेवा निरन्तर चलाउन निकै कठिन भएको चिकित्सकको भनाइ छ ।

    रोग पत्ता लागिसकेका बिरामीका लागि केमो दिनेलगायतका सेवा अस्पतालले दिने गरेको थियो । यसका लागि चार वटा बेड पनि छुट्याइएको थियो । “तर, अब यो सेवा कसरी अघि बढाउने भन्ने चिन्ता भएको छ” क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेलले भने, “समस्याका बाबजुत हामीले एक वर्षमा ३०० बिरामीलाई सेवा दिन सक्यौँ ।” विराटनगरको कोसी अञ्चल अस्पतालमा दुई जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा दिँदै अाएका छन्। तर, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुँदा बिरामीलाई चितवनको भरतपुर पठाउनु पर्ने बाध्यता छ ।

    कोसी अञ्चल अस्पतालमा झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाबाट क्यान्सरका बिरामी आउने गरेका छन् तर कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रोशन पोखरेलले पूर्वाधार बनाउने योजना रहेको बताए । उनले भने, “बजेट माग गरेका छौँ आयो भने पूर्वाधार निमार्ण गर्न सकिन्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij