प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५
काठमाडौं – कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सरल भाषामा आँखा, छाला र मुखभित्र पहेँले हुनुलाई जन्डिस भनिन्छ । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।
खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।
विषेश गरी सरुवा हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।
आज हामी यस भिडियोमा के कारणले जन्डिस लाग्छ, यसका लक्षण साथै सामान्य घरेलु उपचार विधि बताउँदैछौँ ।
जण्डिसका केही लक्षण
पेट दुख्ने
वाकवाकी लाग्ने
खाना नरुच्ने
शरीरको तौल घट्ने
पहेँलो दिसा आउने
पिसाब गाढा पहेँलो रङको आउने
शरीरको धेरै भाग पहेँलो देखिने
थप तथा विस्तृत जानकारीको लागि भिडियो हेर्नुस् …
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij