मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जुमना र सुलुवुङ स्थित माइखोलामा पक्की पुल निर्माण

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • इलाम । काठको अस्थायी पुलबाट खोला तर्नुपर्ने वाध्यता हट्ने भएपछि इलाम सन्दकपुरका स्थानीय उत्साहित भएका छन् ।

    इलामको सन्दकपुर गाउँपालिकाकोे जुमना र सुलुवुङबीच माइखोलामा पक्की पुल निर्माण भईरहँदा जोखिमयुक्त काठे पुलवाट जोखिम मोलेर खोला तर्नुपर्ने वाध्यता हट्ने भएको हो ।

    दैनिक डेढ दर्जनभन्दा धेरै सवारी साधन आउजाउ गर्ने यो स्थानमा वर्षौंदेखि पक्की पुलको माग भएको थियो ।

    चालू आर्थिक वर्षमा नै काम सक्ने गरी पुल निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

    स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत ३ करोड १७ लाख रुपैयाँको लागतमा पुल निर्माण भइरहेको छ ।

    भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासनकालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए ।

    ढापपोखरी, हाँगेथाम, चोयाटार, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्न पुल बनेपछि अझ सहज हुने स्थानीय बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij