प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५
काठमाडौँको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा ५ औ नेपाल उड अन्तराष्ट्रिय प्रर्दशनी सुरु भएको छ।
शुक्रबारदेखि सुरु प्रर्दशनीमा काठबाट र्निमित विभिन्न सामाग्रीहरु राखिएको छ। विशेष गरेर घर निर्माणका लागि आवश्यक पर्ने प्लाईउड, काठबाट बनेका घर, सजावटका सामानहरु, फर्निचरहरु, काष्ठ उद्योगका लागि आवश्यक पर्ने औजारहरु राखिएको छ।
त्यसैगरी प्लाईबाट बनेका सामानहरु, झ्याल ढोका, सोफासेट, डायनिङ टेबल, पार्केटिङका सामानहरु पनि प्रर्दशनीमा राखिएको छ। प्रर्दशनीमा नेपाल सहित विभिन्न १० मुलुकका १ सय २० वटा स्टल रहेको आयोजकले जनाएका छन्।
मिडिया स्पेस सोलुसनले आयोजना गरेको प्रर्दशनी तीन दिन सम्म चल्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij