मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चीनतिरबाट पर्यटकलाई सगरमाथा बेसक्याम्प जान प्रतिबन्ध

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • बीबीसी। चीनले आफ्नो सिमानामा पर्ने सगरमाथा बेस क्याम्प जान पर्यटकहरुलाई प्रतिबन्ध लगाएको छ।

    चीनले त्यहाँ जान चाहाने पर्यटकहरुलाई अनुमति लिएर मात्र जान दिने समाचार बीबीसीमा उल्लेख गरिएको छ। यसअघि चीनले अनुमति बिनै आफ्नो सिमानामा पर्ने सगरमाथा क्षेत्रमा जान कुनै रोक लगाएको थिएन।

    तर पछिल्लो समय उक्त क्षेत्रमा निकै फोहोर बढेको भन्दै चीनले अबदेखि आरोहण अनुमति लिएकालाई मात्र त्यस क्षेत्रमा जान दिने जनाइएको छ।

    बीबीसीले चीनको स्टेट न्युज एजेन्सी सिन्ह्वालाई उदृत गर्दै भनेको छ– अनुमति नलिएका पर्यटकलाई रोङबुक गुम्बासम्म जान दिइने छ, जुन समुद्र सतहदेखि ५ हजार मिटर उचाइमा पर्दछ। तर जोसँग सगरमाथा चढ्ने अनुमति पत्र छ त्यस्ता पर्वतारोहणलाई भने सगरमाथाको उच्च बेस क्याम्प प्रयोग गर्न दिइने बीबीसीले जनाएको छ।

    गत जनवरीमा त्यहाँका अधिकारीहरुले प्रत्येक वर्ष ३०० पर्वतारोहणलाई मात्रै सगरमाथा चढ्ने अनुमति दिइने घोषणा गरेका थिए।

    प्रायजसो पर्यटकहरु सगरमाथा घुम्न नेपालको बाटो प्रयोग गर्ने गर्छन् तर पछिल्लो वर्ष यता चीनको तिब्बत क्षेत्र भएर सगरमाथा बेस क्याम्प घुम्न जाने पर्यटकको संख्यामा पनि उत्तिकै वृद्धि भएको बीबीसीमा उल्लेख गरिएको छ।

    उक्त क्षेत्रमा कारबाट पनि जान मिल्ने गरी बाटोको निर्माण गरिएको छ। तर नेपालपट्टि पर्ने सगरमाथा बेस क्याम्प पुग्न हाइकिङबाट करिब दुई हप्ता जति लाग्ने गर्छ।

    पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएपछि केही वर्षदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथाले बढ्दो फोहोरको सामान गर्दै आएको छ। चाइनिज माउन्टेनियरिङ एशोसियसनले जनाएअनुसार २०१५ मा तिब्बतको बाटो भएर करिब ४० हजार पर्यटकले चीन तर्फ पर्ने सगरमाथाको बेस क्याम्प अवलोकन गरेका थिए।

    यता नेपालको वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार २०१६–१७ मा नेपालतर्फ पर्ने बेस क्याम्प करिब ४५ हजार पर्यटकले घुमेको रेकर्ड रहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij