मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • काठमाडौं– सरकारले काठमाडौंको तिनकुनेमा ग्याँस उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्याँस उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

     

     

    शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्याँसको सम्भाव्यता खानी तथा भू–गर्भ विभाग र जाईकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तिनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए ।

    मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना अघि सारे । सो क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परीक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ ।

    त्यसको विस्तृत विवरण चीनबाट आउन साथ सो क्षेत्रमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको योजना छ । मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रियसभालाई जानकारी गराए ।

    उनले चिनीको मूल्य तत्काल बढन नदिने गरी व्यवसायीहरुसँग सरकारले छलफल गरिरहेको पनि बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij