मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

फर्सीदेखि मेवासम्मको बियाँ : मधुमेह, क्यान्सर जस्ता समस्याका लागि अचुक औषधि

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • कति फलका बियाँखानमा प्रयोग हुँदैन। फल खान्छौ, बियाँ खादैनौ । केहि यस्ता फल छन्, जसको बियाँ निकै उपयोगी हुन्छ, खासगरी स्वास्थ्यका दृष्टिले । जस्तो स्याउको कुरा गरौ, वा फर्सीको । मेवाको कुरा गरौ वा अनारको, बियाँको आफ्नै औषधिय गुण छ ।

    मधुमेह नियन्त्रण गर्ने फर्सीको बियाँ
    मुखमा घाँउ, खटिरा आउँदा होस् वा मुख नमिठो हुदाँ फर्सीको विउँ सेवन गर्न सल्लाह दिइन्थ्यो । औषधीको रुपमा निकै उपयोगी फर्सीको विउँ ग्याष्ट्रिक, मधुमेह लगायतका रोगमा निकै उपयोगी मानिन्छ । यसमा कयौ गुणहरु लुकेका छन्, जसले पेटदेखि मुटु रोगसम्म निको पार्ने क्षमता राख्छ । तर यसको लागि फर्सीको विउको सही तरीकाले उपयोग गर्नु जरुरी छ ।

    कलेजो बचाउने मेवाको बियाँ
    मेवा स्वादिलो लागेपनि बियाँमा हाम्रो जिब्रो अभ्यस्त छैन । धेरैले मेवाको बियाँ खाँदैनन् । यद्यपी यो औषधिय गुणले भरिपूर्ण हुन्छ । खासगरी मेवाको वियाँ कलेजोको समस्यामा लाभदायक हुन्छ।

    मेवाको वियाँमा पापिन नामको तत्व हुन्छ, जसले पाचन प्रणालीलाई सहयोग गर्छ । आन्द्रामा भएका किरा मारिदिन्छ । मृगौलालाई स्वस्थ्य राख्न पनि सहयोगी हुन्छ । यो प्राकृतिक गर्भनिरोधक पनि हो । यसले शरीरमा हुने कतिपय क्यान्सरका कोशिकालाई बढ्न दिदैन । यद्यपी दुध चुसाउने आमा र बालबालिकालाई भने बियाँ खुवाउनु हुँदैन ।

    मुटु रोगबाट जोगाउने अनारको बियाँ

    अनारको बियाँ भिटामिन सी, पोटासियम एवं फाइबरयुक्त हुन्छ । यसले मुटुरोग लाग्न दिदैन, मोटापन घटाउँछ साथै क्यान्सरको जोखिमबाट पनि मुक्त गराउँछ । यसमा क्यालोरी कम हुन्छ । अनारको बियाँलाई दहीमा राखेर मसला प्रयोग गरी सलादका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई अरू खाद्य पदार्थमा पनि प्रयोग गरी खान सकिन्छ ।

    क्यान्सर प्रतिरोधी स्याउको वियाँ

    स्याउको बियाँमा क्यान्सरबिरोधी तत्व हुन्छ । स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युटि्रसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij