मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वास्तुशास्‍त्र अनुसार कपूरको यसरी प्रयोग गर्नु भयो भने मालामल बनिन्छ – जान्नुहोस् बिधी सहित

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • वास्तुशास्‍त्र अनुसार कपूरको यसरी प्रयोग गर्नु भयो भने मालामल बनिन्छ – जान्नुहोस् बिधी सहित हिन्दु धर्मअनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिएको छ । यसको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ । वास्तु-शास्‍त्रअनुसार, लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् ।

    यसले बाधा-अर्चनको समाधान गर्नेछ र काम बन्नेछन् । घरमा वास्तुदोष हुनुको कारण घरको शान्ति भंग हुने गर्दछ । पसल या प्रतिष्ठानमा वास्तुदोष हुनुको कारण जहिले घाटा भईरहन्छ । घर या प्रतिष्ठानमा वास्तुदोष वा नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कपूरको डल्ला घरमा राख्नु पर्दछ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर जानुको साथै धन लाभ हुने गर्दछ । साथै यसको अन्य फाइदा यस्ता रहेका छन् ।

    शुद्ध वातावरण: घरमा पूजा-पाठको समयमा कपूर जलाउनाले यसको बास्ना वातावरणमा फैलिने गर्दछ । यसबाट वातावरणमा रहेको ब्याक्टेरिया आदि नाश हुने गर्दछ र वातावरण शुद्ध हुनुको साथै यसको प्रयोगले कपडामा हुने किराहरुबाट पनि सुरक्षित राख्ने गर्दछ ।

    राम्रो स्वास्थ्य: कपूरको सुगन्धले शरीर तथा दिमागलाई दुरुस्त राख्न मद्दत गर्दछ । जोर्नी दुख्ने, पोल्ने-काट्ने तथा अन्य स्वास्थ्य समस्याको लागि कपूर लाभकारी हुन्छ । यदि अनिन्द्राको समस्या रहेको छ भने कपूरको तेलको सुगन्धले दिमागलाई शान्त गर्नुको साथै निन्द्रा ल्याउन मद्दत गर्छ । यसको लागि कपूरको तेलको केहि थोपा शिरानीमा लगाउनु पर्दछ ।

    जाडोयाममा बन्द नाक, सास लिन गार्हो हुने जस्ता समस्याको लागि पनि कपूर निकै लाभदायी रहेको छ । साथै कपालको बलियोको लागि, दाद, चिलाउने जस्ता समस्याहरु पनि कपूरलाई तेलमा मिसाएर लगाए उपयोगी हुन्छ ।

    धन लाभ: ज्योतिषशास्‍त्र अनुसार यदि धन आगमन रोकिएको छ या खर्च अधिक हुदैछ भने गुलाबको फूलमा कपूरको टुक्रा राखेर कपूरलाई जलाएर माता दुर्गालाई अर्पित गरे लाभ हुन्छ । यदि फजूल खर्च भईरहेको छ भने सूर्यास्त हुने समयमा कपूरको दीप जलाएर सबै घरमा घुमाउनुहोस् । अन्तमा भगवान लक्ष्मीलाई आरती गर्दै घरको मन्दिरमा स्थापित गर्नुहोस् । यस प्रक्रिया गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ ।

    पितृदोष या राहु-केतुको प्रभाव हटाउनको लागि सधै घरमा कपूर जलाउनुहोस्, लाभ हुन्छ । आकस्मिक दुर्घटनाबाट बच्नको लागि साझमा पूजाको समयमा हनुमान चालीसाको पाठ गर्नुहोस् र त्यसपछि कपूरले आरती गर्नुहोस । जसको घरमा नित-नियमले बिहान र साझ कपूर जलाईन्छ त्यस घरमा कहिले पनि कुनै प्रकारको आकस्मिक घटना र दुर्घटना हुदैन ।

    यदि भाग्य चम्काउन चाहनुहुन्छ भने नुहाउने समयमा पानिमा कपूरको तेलको केहि थोपा मिसाएर नुहाउनुस । यस उपाय गर्नाले श्‍ारीरलाई सकारात्मक ऊर्जा प्राप्त हुनुको साथै तपाइको भाग्य पनि चम्किनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij