मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दूधसँग मिलाएर नखानुहोस् यी खानेकुरा, बन्नसक्छ बिष

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छन। यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हड्डी बलियो बनाउँछ। तर दूधसँग गलत खानेकुरा खानुभयो भने त्यसले विषको काम गर्छ। दूधसँग के के खानु हुदैन त ? यहाँ उल्लेख गरिएको छ,

    सुन्तला, अंगुर र कागती
    दूध पिउनेबित्तिकै केही मानिस सुन्तला वा कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूध फटाइदिन्छन्। यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ। अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ।

    मासु
    दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ। पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ।
    माछा
    माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ।
    नून
    दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij