मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोलेस्टेरोलको मात्रा घटाएर मुटु स्वस्थ राख्ने उपाय

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • १ दैनिक भोजनमा कुल क्यालोरीको ३० प्रतिशत शक्ति मात्र चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले भोजनको योजना बनाउनुपर्छ ।

    २ खाद्यपदार्थबाट पाइने कोलेस्टेरोल प्रतिदिन ३०० मि.ग्रा भन्दा कम हुनुपर्छ । एक अण्डाबाट करिब २ सय १३ मि.ग्रा कोलेस्टेरोल पा्रप्त हुन्छ ।

    ३ पूरै अन्न गेडागुडी, फलफुल, हरियो सागपात तथा अन्य तरकारीहरु अर्थात् फाइबरयुक्त खाद्यपदार्थहरु भोजनमा प्रशस्त समावेश गर्नुपर्छ । खाद्ययपदार्थमा रहेको फाइबर र पेक्टिनले शरीरमा कोलेस्टेरोल शोषण हुन नदिइ शरीरबाट बाहिर फाल्न मद्दत गर्छ।

    ४ बोसो निकालेको कुखुराको मासु, प्राउनबाहेक अनय प्रकारका माछाहरु भोजनमा समावेश गर्न सकिनछ । माछा अतृप्त फ्याटी एसिडको मध्यम स्रोतको रुपमा लिइन्छ । त्यसमध्य पनि यसमा ओमेगा ३ फ्याटी एसिड बढी पाइन्छ । जसले रगतको गुणस्तर ठीक राख्नुको साथै रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्छ ।

    ५ फलफूल, सागपात बाहेक मसलाको रुपमा प्रयोग गरिने खाद्यपदार्थहरु जस्तै बेसार, लसुन, प्याज आदि पनि भोजनमा समावेश गर्नुपर्छ ।

    ६ विशुद्ध चिल्लो पदार्थ (घिउ, तेल )बाहेक अन्य खाद्ययपदार्थमा मिलेर रहेको चिल्लो पदार्थ पनि हटाइ प्रयोग गर्दा बेस हुन्छ । जस्तै चिल्लो निकालेको दूध, बोसो निकालेको मासु आदि। ७ खानामा चिनी र मदिराको प्रयोग कम गर्नुपर्छ । चिनी र अल्कोहलको बढ्दो प्रयोगले शरीरमा ट्राइग्लिसराइड नामक हानिकारक चिल्लो पदार्थको परिमाण बढाउन सक्छ ।

    ८ रगतमा कोलेस्टेरोल सन्तुलित राख्न दैनिक हल्का व्यायाम गर्नुपर्छ ।

    ९ सकेसम्म शरीरको तौल ठीक राख्नुपर्छ । बढी तौल हुँदा उच्च कोलेस्टेरोलको सम्भावना धेरै हुन्छ ।

    १० उल्लेखित कुराबाहेक चिल्लो पदार्थको कम प्रयोग हुने पकाउने विधिको पनि छनोट गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij