प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
काठमाडौँ। ‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी बालकलाकार सेड्रिना शर्मा अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।
यसैबीच सेड्रिनाले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेलसँग म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। ‘ओढेर घूङ्गघट’बोलको गीतमा यो जोडी एकसाथ देखिन लागेको हो। गीतमा स्वर कृशल कँडेलकै रहेको छ सङ्गीत अर्जुन पोखरेलले भरेका हुन्।हेर्नुस् म्युजिक भिडियोको टिजर।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij