मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्तो अवस्थामा जन्मन सक्छ, रोगी बच्चा

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • अक्सर बच्चा गर्भमा रहेको बेला आमाबुवालाई एउटा चिन्ताले सताउँछ, के हाम्रो बच्चा सकुशल जन्मिएला ? वा बच्चा शारीरिक-मानसिक रुपले स्वस्थ्य होलान् ?

    चिन्ता यसकारण पनि स्वभाविक छ कि, गर्भको बच्चा कस्तो छ भन्ने पूर्ण जानकारी हुँदैन । त्यसैले कहिंले कहिं अनपेक्षित रुपमा कमजोर बच्चा पैदा हुन पुग्छन् । कोहि जन्मदै रोगी र विकलाङ्ग हुनसक्छन्। कोहि मानसिक रुपले कमजोर।

    त्यसैले गर्भमा बच्चा रहेदेखि नै विभिन्न सर्तकता अपनाइने गरिन्छ, ताकि बच्चा स्वस्थ्य र तन्दुरुस्त होस्। तर, यसका लागि जीवनशैली, खानपानदेखि सोंच-चिन्तनमा समेत ख्याल गर्नुपर्ने हुन्छ।

    कुन अवस्थामा सावधानी अपनाउने ?
    आमाको हरेक गतिविधि, सोंच चिन्तन, खानपानले गर्भको बच्चालाई सोझो असर पार्छ। त्यसैले यतिबेला स्वस्थ्य एवं पोषिलो खानपान, सन्तुलित जीवनशैली र सकारात्मक सोंच आवश्यक हुन्छ।

    कतिपय कुरामा विशेष सावधानी अपनाउनु पर्छ। जस्तो कि, लामो यात्राको क्रममा स्वास्थ्यको ख्याल गर्नुपर्छ । गर्भावस्थामा धेरै एक्स रे गराउँदा त्यसको सोझो असर गर्भको बच्चामा पर्छ । जथाभावी औषधी सेवनले पनि समस्या निम्त्याउँछ ।

    किटनासक र भ्रुण
    अहिले हामी आयतित खाद्यपदार्थमा निर्भर छौ। चाहे त्यो चामल, दाल, तेल वा फलफूल, तरकारी नै । र, अहिले व्यवसायिक रुपमा उत्पादन गर्ने यी खाद्यपदार्थमा कहि न कतै किटनासक औषधी प्रयोग गरिएको हुन्छ । यहि किटनासक औषधीको प्रभावले गर्भको बच्चामा सोझो असर पर्ने र अपाङ्ग एवं अशक्त बच्चा पैदा हुने भय रहन्छ।

    केहि अध्ययनबाट के थााहा भएको छ भने, गर्भावस्थाको बेला प्रयोग गरिने खानेकुरामा किटनासक औषधी प्रयोग भएको छ भने त्यसको असरले बच्चामा जन्मजात विकार देखिन सक्छ।

    जुन महिलाले अत्याधिक किटनासकको प्रभाव झेल्नुपर्छ, उनीहरुमा ८ देखि ९ प्रतिशतसम्म यस्तो खतरा रहन्छ।

    के गर्ने ?
    संभव भएसम्म जैविक खाद्य पदार्थ नै सेवन गर्नु राम्रो हो। आफैले उत्पादन गरेको खानेकुरा भए त चिन्ता लिनुपर्ने कारण नै रहँदैन । तर, कतिपय अवस्थामा यो संभव हुँदैन।

    त्यसैले आफुले सेवन गर्ने खानेकुरा बजारबाट ल्याइसकेपछि नुन र पानीको घोलमा डुबाउने, खासगरी तरकारी र फलफूल । आधा घण्टा भिजाएपछि मात्र त्यसलाई सफा पानीले धोएर सेवन गर्नुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij