प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने।
बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने। त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र रूपमा हुन्छ।
कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइप प्रयोग गर्ने। बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात् इनामेल खियाउने काम गर्न सक्छ। तर, पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन।
बिस्कुट चकलेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुख कुल्ला गर्ने।
हल्का कालो वा पहेँलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने। सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij