मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, घरेलु उपचार

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • गर्मी याममा धेरैले भोगेका हुनसक्छन्, पिसाब पोल्ने वा दुख्ने समस्या । केटा होस् वा केटी दुबैमा यस्तो समस्या हुन्छ । वास्तवमा यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । किनभने पिसाबको माध्यामबाट शरीरको बिशाक्त पदार्थ बाहिर निस्कने हो । त्यसैले मुत्राशयसँग जोडिएको रोगबारे सर्तक हुनैपर्छ ।

    गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने ।

    पिसाब पोल्ने कारण

    – मधुमेह हुनु

    – मुत्रनलीको संक्रमण

    – कलेजो सम्बन्धी रोग

    – मेरुदण्डमा कुनै चोट लाग्नु

    – शरीरमा पानीको मात्रा नपुग्नु

    – मुत्रमार्गमा संक्रमण हुनु

    – मृगौलामा पथरी हुनु

    के हुन्छ लक्षण ?

    – मुत्राशयमा पीडा हुन्छ

    – पिसाब दुर्गन्धित हुन्छ

    – पिसाबको रंग गाढा पहेंलो हुन्छ

    – पिसाब थोरै-थोरै आउनु

    – पटक पटक तर थोरै पिसाब आउनु

    यस्तो छ घरेलु उपचार

    – पर्याप्त पानी पिउनुहोस् । संभव भएसम्म हरेक एक घण्टामा पानी पिउनुहोस् । यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

    – कहिले कहिं मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनुपर्छ, आरम हुन्छ । यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ ।

    – यस्तो फल एवं सब्जीको सेवन गर्नुहोस्, जसमा सिटि्रक एसिड अधिक हुन्छ । यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ ।

    – राती एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ ।

    – पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ ।

    – सुकुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउनुपर्छ ।

    – चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ ।

    – पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ ।

    – सरसफाईमा ध्यान दिनुहोस् । दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij