मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पशुपति शर्माको गीत बारेमा लेखक दिल निशानीको भनाइले पायो ताली ,सबैले गरे बाह् बाह्

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • काठमाडौँ । चर्चित लोक गायक पशुपति शर्माको पक्षमा उभिएर लेखक दिल निशानी मगरले यो देशमा कान्छाहरुको लुटैलुट भएको दाबी गरेका छन् । पशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’लाइ राष्ट्रपति र प्रधानमन्त्रिको अपमान भएको भन्दै राजनतिक दवाबका कारण गायक शर्माले हटाउन बाध्य भएपछी निशानी मगरले एउटा स्थापित गायक सर्जकलाइ शब्द चयन गर्न सिकाउन नहुने जिकिर गर्दै उनका गितहरु सुन्न नपाइएकोमा आपत्ति प्रकट गरेका छन् ।

    प्रधानमन्त्रीलाइ शासन ब्यबस्था माथि प्रश्न गर्दै दिल निशानीले भनेका छन्, ‘संधैभरि उखान-टुक्का मात्रै सुनिदिनु पर्ने, यो कस्तो शासन हो ?’

    देशमा लुटैलुट भएको बताउदै, ‘अख्तियारकै लाजनारायणले ३ करोड हसुरे । यो देशको माटोलाई निधारमा लगाएर कसम खानुहोस् मित्रहरु, यो देशमा लुट छ कि छैन? भन्दै गम्भीर प्रश्न सम्म गरेका छन् ।

    राष्ट्रपतिको अपमान भएको टिप्पणीलाइ पनि लेखक मगरले खण्डन गरेका छन् । राष्ट्रपति संस्थाको सम्मान गरिने तर संस्थाको छाडापनलाइ भने सम्मान गर्न नसकिने बताएका छन् ।

    राष्ट्रपति बिद्यादेवी भण्डारी कुनै भगवान बिष्णुको अबतार नभएको कटाक्ष गर्दै उनीपनि जनताको छोरी भएको बताएका छन् ।

    दिल निशानीले भनेका छन्, ‘राष्ट्रपती संस्थाको सम्मान गर्ने हो, तर संस्थाको छाडापनलाई जि,जि हजुर गर्न सकिन्न। ग्यानेन्द्रलाई मुर्ती चोर भनेकै हो। बिध्यादेवी भण्डारी भगवान बिष्णुको अवतार हैनिन्।’

    राष्ट्रपति भण्डारीले पनि बिगतमा फाटेको साडी लगाएर शंखमूल चोक तिर उभिने जनताकी छोरी भएको बताएका छन् ।

    हेर्नुहोस उनको भनाइ जस्ताको त्यस्तै:

    कमरेडहरुको चाकमा अलिकती बोसो के लागेको थियो, एउटा स्थापित गायक-सर्जकलाई शब्द चयन गर्न सिकाई हाले। गित सुन्न पनि नपाईने, सधैभरी उखान-टुक्का मात्रै सुनिदिनु पर्ने। यो कस्तो शासन हो?

    अख्तियारकै लाजनारायणले ३ करोड हसुरे। यो देशको माटोलाई निधारमा लगाएर कसम खानुहोस् मित्रहरु, यो देशमा लुट छ कि छैन? जहाँसम्म गितकै कारण राष्ट्रपती ज्यूको अपमान भयो भनिएको छ। राष्ट्रपती संस्थाको सम्मान गर्ने हो, तर संस्थाको छाडापनलाई जि,जि हजुर गर्न सकिन्न। ग्यानेन्द्रलाई मुर्ती चोर भनेकै हो। बिध्यादेवी भण्डारी भगवान बिष्णुको अवतार हैनिन्। केही बर्ष अगाडी सम्म फाटेको साडी लगाएर शंखमूल चोक तिर उभिने जनताकी छोरी हुन्।

    पशुपति शर्मालाइ गित हटाउन दवाब आएपछि यस्तो बिज्ञप्ति जारि गर्दै शब्द हेरफेर गरि पुन ल्याउने बताएका छन् ।

    हेर्नुहोस उनको बिज्ञप्तिको पूर्ण पाठ:

    आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

    हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

    सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

    मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

    सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

    र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

    धन्यवाद ।
    पशुपती शर्मा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij