प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
दोहा । दाङ देउखुरी सेवा समाज कतारले गत १५ फेब्रुअरी २०१९ शुक्रबारका दिन दोहाको समुद्री किनार ओक्रा बिचमा सचेतनामुलक आन्तरिक बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष हेमराज बस्नेतको अध्यक्षताम सम्पन्न उक्त कार्यक्रमको विशेष अतिथिहरुमा संस्थाका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार बसन्तराज पुरी, संस्थापक अध्यक्ष तथा बर्तमान वरिष्ठ सल्लाहकार गणेश प्रशाद बन्जाडे,वरिष्ठ सल्लाहकार कमलमणि गुरागाई रहेका थिए,भने कार्यक्रमा संस्थाका पधादिकारी तथा सदस्यहरु महिला बिभागका सदस्यहरु त्यसैगरि सांस्कृतिक बिभागका सद्स्यहरु लगायत दङगाली तथा गैरदङगाली शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो।
संस्थाका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भयको कार्यक्रममा महिला बिभाग संयोजक उषा परियार,त्यसैगरि विशेष अतिथिहरु बसन्तराज पुरि,गणेश बन्जाडे,कमल मणि गुरागाई लगायतले मन्तब्य राखेका थिए । मन्तयका क्रममा बिशेष उनीहरुले जिल्लामा एम्बुलेन्स संचालन लागायत संस्थाले देशै भरी बिभिन्न प्राकृतिक प्रकोप लगायत अन्य पीडितहरुलाई सहयोग गर्दै आएको जानकारी गराएका थिए। साथै संस्थाको मुख्य उद्देश्य भनेको शिक्षा र स्वास्थ्यमा काम गर्ने रहेको र उदेश्य बमोजिम संस्थाले काम गर्दै आएको पनि बताए ।
सोहि कार्यक्रमको अबसरमा चौथो साधारण सभा पश्चात बिघठन भयका बिभागहरुको पुनस्गठन समेत गरियको थियो । जस अन्तर्गत राजन चापागाईको संयोजकत्वमा सांस्कृतिक बिभाग र उषा परियारको संयोजकत्वमा महिला बिभागको पुनःगठन गरियको हो । अन्तिममा संस्थाका अध्यक्ष बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै लाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि सबैको साथ सहयोगको अपेक्षा सहित औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
लगत्तै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो । सांस्कृतिक कार्यक्रममा एकल तथा सामुहिक नृत्य , गायन साथै लाईभ दोहोरी कार्यक्रम समेत राखिएको थियो । औपचारिक कार्यक्रमको संचालन संस्थाका महासचिब मिन बहादुर पुनले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सन्चालन सांस्कृतिक बिभागका संयोजक राजन चापागाईले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij