मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी हुन् मधुमेह घटाउने सहज उपाय

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५



  • मधुमेह यस्तो रोग हो, जो लागेपछि कहिल्यै निको हुँदैन । तर, यसलाई कम भने गर्न सकिन्छ । कसरी ? हाम्रै जीवनशैलीलाई अलिकति फरक तरिकाले जिउन सके हुन्छ । केही महत्वपूर्ण टिप्स पढ्नुस्, जसले मधुमहेलाई कम गर्न सघाउ पुर्‍याउँछ :

    तपाईंको शरीरले कार्बोहाइडे«डलाई सुगरमा टुक्र्याउँछ । इन्सुलिनले सुगर बढाउँछ । कार्बोहाइड्रेड पर्याप्त खाँदा वा इन्सुलिनको कार्यमा समस्या आएमा यो प्रक्रिया बिग्रन्छ र ब्लडमा ग्लुकोजको तह बढ्छ। न्यून कार्बोहाइड्रेडयुक्त भोजनले ब्लडसुगरको तहलाई घटाउँछ र ब्लडसुगर स्पाइकबाट बचाउँछ।

    नियमित व्यायामले तौल घटाउन सहयोग गर्नुका साथै इन्सुलिनको तीव्रता वृद्धि गर्छ। इन्सुलिन तीव्रताको अर्थ तपाईंको शरीरको ब्लडस्ट्रिममा पर्याप्त सुगरको उपयोग गर्ने भन्ने अर्थ लाग्छ । व्यायामले तपाईंको मांसपेशीलाई ऊर्जाका लागि ब्लडसुगर उपयोग गर्न सहयोग गर्छ । तौल उचाल्ने, फटाफट हिँड्ने, दौडने, बाइकिङ, नाच्ने, हाइकिङ, स्विमिङजस्ता व्यायाम गर्नुस् । यसले मधुमेह घटाउन मद्दत गर्छ ।

    तपाईंले खाने फाइबरको प्रकारले पनि शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । दुई प्रकारका फाइबर हुन्छन्, समाधान गर्न सकिने र समाधान गर्न नसकिने । दुवै फाइबर महत्वपूर्ण भए पनि समाधान गर्न सकिने फाइबर ब्लडसुगर न्यून गर्न सिद्ध भएको छ ।

    तनावले ब्लडसुगरको तहलाई असर गर्छ । अत्यधिक तनावका कारण ग्लुकागोन र कोर्टिसो नामक खुसी गराउने तत्वहरू हराउने गर्छन् । यस्तो हर्मनले ब्लडसुगरको तह वृद्धि गर्छ ।

    सकेसम्म प्रशस्त मात्रामा पानी खाने बानीको विकास गरौँ । पानी सेवनले सुगरको मात्रा कम गर्न मद्दत गर्छ ।

    खाना नियन्त्रणले शरीरले लिने क्यालोरीको मात्रा पनि घट्छ र तौल घटाउँछ । तौल घटाउँदा स्वस्थ ब्लडसुगर प्रवद्र्धन हुने र टाइप टु डायबिटिजको खतरा घटाउन सहयोग पुग्छ ।

    पर्याप्त सुत्नु स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कम सुताइ र आराम अभावले ब्लडसुगरको तह र इन्सुलिन वृद्धि हुन्छ ।

    स्याउको भिनेगरले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । यसले ब्लडसुगरको उपयोगलाई बढाउँछ र कलेजोले यसको उत्पादन घटाउँछ । भिनेगरले फास्टिङ ब्लडसुगरलाई घटाउँछ । स्याउको भिनेगरले शरीरले सुगरसँग गर्ने रेस्पोन्सलाई महत्वपूर्ण ढंगले प्रभाव पार्छ र इन्सुलिनको संवेदनालाई सुधार गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij