मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

निसानको ‘किक्स एसयुभी ‘नेपाल भित्रियो, मूल्य ४८ देखि ६० लाखसम्म

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५



  • नेपालका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान किक्स आजदेखि नेपाली बजारमा ल्याएको छ।

    १४९८ सिसि इन्जिन क्षमताको निसान किक्सले ५६०० आरपिएममा १०६ विपिएच पावर र ४००० आरपिएममा १४२ एनएम टर्क जेनेरेट गर्छ। यसको फराकिलो इन्टेरियर र आकर्षक एक्टिरियरले ग्राहकहरुलाई आकर्षित गर्ने कम्पनीको दावी छ।

    यसमा ८ इन्चको टच स्क्रिन छ, जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै यसमा एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ।

    किक्सको डिजेल ईन्जिनमा एक्सएल, एक्सभि र एक्सभि प्रिमियम गरी तिन ओटा र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभि गरी ५ वटा अप्सनमा उपलब्ध छ।

    यो पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे, फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड ७ वटा आकर्षक रङ्गहरुमा उपलब्ध छ।

    कम्पनीले यसको मूल्य ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजारसम्म निर्धारण गरेको छ।

    यसको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी माइलेज दिने कम्पनीको दावी छ।

    विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्ता संग ल्याउन सकेकोमा खुसी लागेको पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले बताए।

    ‘यसले नेपालीको अभिरुचि पूरा गर्नेछ साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ कार प्रेमी नेपालीहरुको मन जित्नेछ’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij