मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बच्चाले खाना खान मान्दैन ? यसो गर्नुहोस्

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५



  • काठमाडाैँ । खाना खाने कार्यक्रम बनाउनुपर्छ । जस्तैः हरेक चार घण्टामा एकपटक खुवाउनुपर्छ, चारघण्टा नपुगी बिचमा सानो ठूलो खाने पिउने कुरा दिनु हुँदैन, प्यास लागेमा खान खानु दुइघण्टाअघि मात्र पानी पिउन दिनुपर्छ ।

    – खाना खाने समय सिमित गरेर तोकिएको हुनुपर्छ, जस्तैः ३० मिनेट।

    – बच्चालाई एक दुईवटा सामान्य खेलौना दिएर शान्त स्थानमा खाना खुवाउनुपर्छ।

    – खाना खुवाउने व्यक्तिको मुड शान्त हुनुपर्छ।

    – बच्चालाइ सजिलो ठाँउमा राखेर खुवाउनुपर्छ। आफैं खानसक्ने बच्चाहरुलाई उनीहरुकैलागि बनाइएको अग्लो कुर्सी (हाइ चियर)मा राखेर खुवाउनुपर्छ।

    – बच्चालाई खाना खुवाउने व्यक्ति उसको आदर्श व्यक्ति हुनु उपयुक्त हुन्छ। जसलाई बच्चाले धेरै मन पराउने र उसले भनेको मान्ने (आइडियल म्यान) हुनुपर्छ।

    – खानाको नियमहरुस् (आफैं खानसक्ने बच्चाहरुका लागि)

    – बच्चाहरुले आफैंले खाना खानको लागि अभिभावकहरुले खाना नखुवाइ खाना खानको लागि सहयोग मात्र गर्नुपर्छ।

    – खानालाई पुरस्कारको रुपमा कहिल्यै पनि दिनु हुँदैन।

    – बच्चाहरुले खानालाई खेल बनाउन थालेमा १० देखि १५ मिनेटमा खानाको कार्यक्रम बन्द गर्नुपर्छ।

    – खाना खाने समय खेल्ने समय होइन। खेल खेल्न थालेमा खानामा ध्यान रहँदैन र खाना नखाने सम्भावना बढी हुन्छ।

    – बच्चाहरुले खाना खाने समयमा रिसाएर खाना फाल्न थालेमा तत्कालै खाना खुवाउने काम बन्द गर्नुपर्छ।

    – खाना खाने समयको नियम (आफैं खानसक्ने बच्चाहरुका लागि)

    – खाना खाने कुरासँग सम्बन्धित नियमहरु बनाएकै हुनुपर्छ। जस्तैः खाना खाने ठाँउबाट नउठ्ने, खाना नफाल्ने लगायतका नियमहरु बच्चाको उमेरको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ।दुई तीनवटा नियमबाट शुरु गरेर बच्चाहरुको खाने समय र खाने बानी सिकुन्जेलसम्म बिस्तारै बिस्तारै नियमहरु थप्दै लैजानुपर्छ।

    – बच्चाहरुले खाना खाने समयको नियमहरु सबै नसिकुन्जेलसम्म हामीले सधैं खाना खानु अघि नम्र भएर नियमहरु सम्झाउनु पर्छ।

    – खाना खाने समय रमाईलो हुनुपर्छ। बच्चाहरुसँग कुराकानी गर्नुपर्छ। बच्चाले राम्ररी खाना खाएमा पनि धेरै धन्यवाद दिएर फुर्क्याउनु हुँदैन र कम खाएमा कराउनु वा गाली गर्नु हुँदैन।

    – खाना खाने समयको नियम पालना नगरेमा फेरि नियम पालना गर्न भन्ने र फेरि पनि ९तेश्रो पटक० नियम पालना नगरेमा ती नियमहरुलाइ केही समयका लागि स्थगित गरी फेरि शुरु गर्नुपर्छ।

    – बच्चालाइ खुवाउँदा थोरै खानाबाट शुरु गर्नुपर्छ, बच्चालाई दिएको खाना खाएमा राम्रो कुराहरु भन्नुपर्छ र उसलाइ राम्रो कुराका लागि खाना थप्न प्रेरित गर्नुपर्छ।

    – खाना खाने समय सकिएमा खाना नसकिएकै अवस्था भए पनि प्लेट उठाउनु पर्छ। खाना नसकीएको भए अभिभावकले बच्चाहरुलाइ कराउने गाली गर्ने गर्नु हुँदैन।

    – अर्को खाना सम्म बच्चालाई मिठाइ र चक्लेटहरु लगायतका चिजहरु खान दिनु हुँदैन।

    – बीचमा खान खोजेमा र खानाका लागि जिद्दी गरेमा नियमलाई केही समयका लागि बन्द गरेर फेरि हार नमानी सोही नियमलाई निरन्तरता दिनुपर्छ। बच्चाहरुले नियम धेरै तोड्ने गरेमा नियम पालना गर्ने बानी सिक्नका लागि ढिलो हुनसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij