मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चट्याङ लागेको परिवारलाई राहत वितरण

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • शिबराज पन्थी
    ६ फागुन, गढवा

    गढवा गाउँपालिकाले चट्याङ परेर घरमा आगलागि भएको गढवा ७ बिजयपुरका पिडित परिवारलाई एक चरणमा खाद्यान्न लत्ताकपडा र भाँडाकुडा सहितको राहत वितरण गरेको छ । गत फागुन २ गते राती २.३० बजेको समयमा गढवा ७ बिजयपुर स्थित बालाराम कामीको घरमा चट्याङ पर्दा घरमा आगलागि भएको थियो ।

     

    चट्याङबाट सो घरकी मोति बिक. गम्भिर घाइते हुनुभएको छ । घाइते बिक लाई कोहलपुर मेडिकलमा उपचारपछि घरमा ल्याइएको र निजको अवस्था हाल केहि सुधार भएको पारिवारीक स्रोतले जनाएको छ । आगलागि हुदा घरमा रहेका लत्ताकपडा, खाद्यान्न, फर्निचर र गरगहना जलेर नष्ट भएको रेडक्रस गढवाले जनाएको छ ।

     

    आगलागि भएपछि लमही नगरपालिकाको दमकल, रेडक्रसकर्मि र गढवाको प्रहरी घटना स्थलमा पुगेको र आगो निभाउन सहयोग गरेको बताइएको छ ।

    यसैविच गढवा गाउँपालिकाको विपद ब्यवस्थापन समितिले घटना स्थलको निरीक्षण गरि एक चरणमा राहत वितरण गरेको छ भने अर्को चरणमा गाउँपालिकाको नियमानुसार जस्तापाता उपलब्ध गराउने तयारी भैरहेको विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिनुभएको छ ।

     

    घटना स्थलमा गाउँपालिका विपद् ब्यवस्थापन समितिका फोकल पर्सन कैलाश चौधरी, सदस्य सावित्रा गहतराज, कार्यपालिकाका सदस्य शोभा रावत र पे्रस संयोजक शिबराज पन्थीले अनुगामन गर्नुभएको थियो । यसैगरि नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले पनि राहत वितरण गरेको बताइएको छ ।
    गढवामा अध्यक्ष गोल्डकप फुटवल प्रतियोगिता सुरु हुने ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij