मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता गल्ती नगर्नुस् बिग्रन्छ दाँत

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • हाम्रो आफ्नै बानीव्यवहारले आफ्नो दाँत बिगारिरहेका छौँ । खान हुने/नहुने सबै खान्छौँ । खाना खाइसकेपछि बिहान–साँझ दाँत माझ्दैनौँ । हाम्रा यी र यस्ता धेरै बानी छन्, जसले हाम्रो सौन्दर्य झल्काउने दाँत बिग्रिरहेको छ ।

    कडा र जमेको आइस चपाउँदा दाँत भाँचिन सक्छ ।

    धेरै तातो वा चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ ।

    निदाएका वेला दाह्रा किट्ने बानीले पनि चाँडै दाँत
    बिग्रन सक्छ ।

    गर्मी मौसममा खाइने चिसो कोक, फ्यान्टा, स्प्राइटलगायतका बोतलको बिर्को दाँतले खोल्ने बानीले पनि दाँत बिगार्छ । यसरी दाँतले बिर्को खोल्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

    गुलियो पदार्थ मिसिएका सबै प्रकारका पदार्थले दाँत बिगार्छ ।

    जतिवेला पनि जे पायो त्यही कुरा खाने बानीले पनि हाम्रो दाँत बिग्रन्छ ।

    लामो समय चिसो पेय पदार्थ पिउने मानिसको पनि दाँत बिग्रने चिकित्सकहरूले
    बताएका छन् ।

    पढाइ गर्दा कलम, पेन्सिल टोक्ने बानी धेरैको हुन्छ । यस्तै साह्रो चिज टोक्ने बानी पनि धेरैको हुन्छ । यस्तो बानीले पनि हाम्रो दाँत बिग्रन्छ ।

    अत्यधिक मात्रामा वाइन पिउने बानी छ भने आजैदेखि कम गर्नुहोस् । वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने स–साना प्वालले दाँतमा दाग बस्ने र कुरूप देखिने हुन्छ ।

    कतिपय मानिसमा अत्यधिक मिठाई खाने बानी हुन्छ । यसरी मिठाई खाँदा यसमा भएको गुलियोले दाँत बिगार्छ ।

    अत्यधिक चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनले दाँतमा दाग बस्ने मात्रै होइन, दाँत झर्ने र गिजासम्बन्धी विभिन्न रोग पनि लाग्न सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij