मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एकाग्रता बढाउन चाहनुहुन्छ ? यस्ता छन् एकाग्रता बढाउने खानेकुरा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • स्मरण शक्ति बढाउने, मानसिक क्षमता बढाउने विभिन्न खालका खानेकुरा वा भोजनबारे अनेकौं कुरा सुनिन्छ । तर त्यस्ता खानेकुराले साँच्चै नै स्मरण शक्ति र मानसिक क्षमता बढाउँछन् त ? हाम्रो उमेर बढ्दै गएसँगै शारीरिक र मानसिक क्षमता घट्दै जान्छ । तर पनि केही खानेकुरा र पेयलाई नियमित भोजनमा सामेल गरे हामीले मानसिक स्वास्थ्य वा क्षमता भने उमेर बढे पनि एउटा सीमासम्म कायम राख्न सक्छौं ।

    यस्तै केही खानेकुरा र पेयबारे चर्चा गरौं ।

    क्याफिनले सतर्कता बढाउँछ

    आइक्यू बढाउने वा हामीलाई स्मार्ट बनाउने त्यस्तो कुनै कुरा छैन । तर केही यस्ता कुरा छन्, जसले हामीलाई फूर्तिलो र चंख पार्छन् र एकाग्र हुन सघाउँछन् जस्तो कि क्याफिन । कफि, डार्क चकलेट, एनर्जी ड्रिंकले हामीलाई छोटो समयका लागि भए पनि सतर्क राख्छन् र एकाग्र हुन मद्दत गर्छन् । तर बढी मात्रामा क्याफिन उपभोग गरे बेचैनी र असहज अनुभव हुनसक्छ ।

    चिनीले पनि सतर्कता बढाउँछ

    हाम्रो मस्तिष्कले सबैभन्दा बढी मन पराउने र खोज्ने इन्धनको स्रोत नै चिनी हो । यहाँ चिनी भन्नाले ग्लुकोजलाई बुझ्नु पर्छ । हामीले खाएको कार्बोहाइड्रेट र गुलियोजन्य खानेकुरा टुक्र्याएर बाट हाम्रो शरीरले ग्लुकोज प्रशोधन गर्छ । त्यसैले हामीले कुनै एनर्जी पेय वा फलफूलको एक ग्लास जुस पिउँदा छोटो समयका लागि हाम्रो शारीरिक ऊर्जा, स्मरण शक्ति, सोचविचार क्षमता र मानसिक क्षमता बढ्छ ।

    तर यसको पनि धेरै मात्रामा उपभोग गरे स्मरणशक्ति क्षीण हुनसक्छ । गुलिया (खासगरी चिनी मिसिएका) खानेकुरा र पेय पदार्थको अत्यधिक सेवनबाट जोगिनु उपयुक्त हुन्छ, किनभने यसको अत्यधिक प्रयोगले मुटुसम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

    मस्तिष्क चुस्त राख्न बिहान खाजा खानुहोस्

    बिहान भरसक खाजा खानु नपरोस् भन्नु हुन्छ भने तपाईंले आफ्नो मस्तिष्कलाई मन्द बनाइरहनु भएको छ । विभिन्न अध्ययनले बिहान खाजा खाँदा छोटो समयका लागि स्मरण शक्ति र एकाग्रता बढ्ने देखाएका छन् । खासगरी बिहान खाजा खाने विद्यार्थीले खाजा नखानेका तुलनामा राम्रो नतिजा ल्याउने अध्ययनले देखाएका छन् । अध्ययनकर्ताहरूले मानसिक क्षमता बढाउने खानेकुराको सूचीमा सबैभन्दा माथि अत्यधिक रेशायुक्त (गहुँ, मकै, जौ, चामललगायत) खाद्यान्न, दुग्ध पदार्थ र फलफूललाई राखेका छन् । तर अध्ययनकर्ताहरू यी सबैको पनि खाजामा अत्यधिक उपभोग नगर्न सुझाँछन्, किनभने अत्यधिक ऊर्जायुक्त भोजनले एकाग्रता भंग गर्छ ।

    मानसिक क्षमता बढाउँछ माछाले

    मस्तिष्कको क्षमता बढाउने पोषक तत्व प्रोटिनको गतिलो स्रोत माछा पनि हो । माछामा पाइने ओमेगा–३ फ्याटी एसिड मानसिक क्षमता बढाउने मुख्य तत्व हो । ओमेगा–३ मस्तिष्कको क्षमता बढाउन अत्यन्त प्रभावकारी छ । पर्याप्त मात्रामा ओमेगा–३ को उपभोग गरे डिमेन्सिया र मस्तिष्कघातको जोखिम घटाउनुका साथै मानसिक क्षमतामा हुने ह्रासमा पनि कमी आउँछ । साथै उमेर बढे पनि स्मरण शक्ति घट्न दिँदैन । यसले मुटुलाई पनि स्वस्थ्य राख्छ ।
    त्यसैले मस्तिष्क र मुटु दुवैलाई स्वस्थ राख्न सातामा दुईपल्ट माछा खानु उपयुक्त हुन्छ ।

    बदाम र डार्क चकलेट

    विभिन्न किसिमका बदाम (हाडे/कागजी बदाम, बदाम, ओखरलगायत) भिटामिन ईको राम्रा स्रोत हुन् । भिटामिन ई एन्टिअक्सिडेन्ट मात्र नभएर उमेर बढेसँगै मानसिक क्षमता ह्रास हुन नदिने प्रभावकारी भिटामिन पनि हो । डार्क (कफी रंगका) चकलेटमा प्रभावकारी एन्टिअक्सिडेन्ट विशेषता हुनुका साथै यसमा क्याफिनजस्तो उत्प्रेरक तत्व हुन्छ, जसले सतर्कता र एकाग्रता बढाउँछ ।

    दैनिक एक औंस बदाम र डार्क चकलेट खानेकुरामा समावेश गरी आफ्नो मस्तिष्कलाई आवश्यक पोषक तत्वसँगै ऊर्जा, फ्याट र सुगरसमेत प्राप्त गर्न सकिन्छ ।

    रेशादार खाद्यान्न

    हाम्रो शरीरका सबै अंग खासगरी मुटु र मस्तिष्क रक्त प्रवाहमा निर्भर हुन्छन् । रेशादार हुने भएकाले गहुँ, मकै, चामल, जौ जस्ता खाद्यान्न (होल ग्रेन) र फलफूलले खराब कोलेस्टरोल घटाउँछन् तथा मुटुसम्बन्धी रोगको जोखिम न्यून पार्छन् । यसले रक्त नलीमा फोहर जम्न पाउँदैन, फलस्वरुप मस्तिष्कसम्म सहज रक्त सञ्चार हुन्छ र मस्तिष्कको क्षमता घट्न पाउँदैन ।

    होल ग्रेनले हाम्रो शरीरलाई आवश्यक फाइबर (रेशा) र भिटामिन ई समेत उपलब्ध गराउँछ ।

    ब्ल्युबेरी

    जनावरमा गरिएको अनुसन्धानले ब्ल्युबेरी (निलो जामुन÷फडिरलगायत) ले मस्तिष्कलाई फ्रि ¥याडिकलले गर्ने हानीबाट जोगाउनुका साथै वृद्धावस्थामा लाग्ने अल्जाइमर्स र डिमेन्सियाजस्ता स्मरण शक्ति लोप हुने रोगको प्रभाव समेत कम गर्छ । विभिन्न अध्ययनले ब्ल्युबेरी समावेश खानेकुरा खाएका बुढा मुसाको सिकाइ र मांसपेशीको क्षमता युवा मुसाको मानसिक क्षमता बराबर रहेको देखाएका छन् ।

    भिटामिन र खनिजका सप्लिमेन्ट

    कतिपय अध्ययनले भिटामिन बी, सी, ई तथा बिटा–क्यारोटिन र म्याग्नेसियमलगायत खनिजका सप्लिमेन्टले मानसिक क्षमता बढाएको देखाएका छन् । तर यस्ता सप्लिमेन्ट त्यस्ता मानिसका लागि मात्र उपयोगी हुन्छन्, जसको भोजन पर्याप्त पोषणयुक्त हुँदैन ।

    केही अनुसन्धानकर्ता चिनियाँहरूले उपभोग गर्ने जिनसेङ, जिङको तथा भिटामिन, खनिज र विभिन्न जडीबुटीको मिश्रणले मस्तिष्कको क्षमता बढाउनेमा आशावादी छन् । तर यसबारे पर्याप्त अनुसन्धान भने हुन बाँकी नै छ।

    एकाग्रता बढाउन चाहनुहुन्छ ? त्यसो भए आफ्नो भोजनमा फलफूल, होल ग्रेन, माछाका परिकारसँगै एक कप कफी पिउनुहोस् । यसबाहेक सधैं सन्तुलित आहार लिनुहोस् भन्छन् पोषणविद्हरू । उनीहरू यस्तो सल्लाह दिन्छन् :

    – राति पर्याप्त सुत्नुहोस् (निदाउने)
    – पर्याप्त पानी पिउने
    – मस्तिष्क र शरीर स्वस्थ्य राख्न पर्याप्त व्यायाम गर्ने
    – तनावमुक्त रहन र प्रष्ट विचारका लागि ध्यान गर्ने

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij