मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोटोपना घट्दा पाउनुहुनेछ यी फाइदा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • सरीरको बोसो घटाउँदा केवल शारीरिक स्वास्थ्यमा मात्र लाभ पुग्दैन यसले मानिसको निद्रा तथा खुसीमा समेत सकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुका अनुसार तौल घटाउँदा मानिसको रातको निद्रा राम्रो हुनुका साथै मान्छेको मूड समेत फ्रेस हुन्छ ।

    अध्ययनका क्रममा मोटोपनाबाट ग्रसित वयस्कहरुले आफ्नो सरीरको तौल ५ प्रतिशत सम्म घटाउँदा पनि ६ महिनामै उनीहरुको निद्रा राम्रो तथा लामो भएको पाइयो । पेन्सील्भेनिया विश्वविद्यालयका शोधकर्ता नसरीन अलफारिसका अनुसार आफुहरुको पछिल्लो अधययनले वजन नियन्त्रण र निद्राबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको बताए।

    शोधकर्ताहरुले आफ्नो अध्ययनमा ३९० जना मोटे महिला तथा पुरुषलाई २ वर्षसम्म सहभागि गराएका थिए । उनीहरुलाई तिन समूहमा बाँडेर भिन्नाभिन्नै सामाग्री, परामर्श, खानपान तथा व्यायाम प्रदान गरिएको थियो । त्यसक्रममा शोधकर्ताहरुले उनीहरुको तौलमा आएको परिवर्तन, निद्राको समय र गुणस्तर तथा उनीहरुको मूडको परीक्षण गरे, ६ तथा २४ महिनापछि।

    त्यसक्रममा ६ महिनामै आफ्नो वजनको ५ प्रतिशत धटाएकाहरु रातमा औषतमा २१.६ मिनेट बढि निदाउन सक्ने भए जबकी ५ प्रतिशत भन्दा कम तौल घटाएकाहरुको निद्रा केवल १.२ मिनेटले मात्र बढ्यो । बढि तौल घटाउनेहरुमा निद्राको गहिराई, गुणस्तर तथा मूडमा समेत सुधार आएको पाइयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij